close

बिहीबार सार्वजनिक हुँदै ‘ह्वावे जीटी थ्री प्रो’ स्मार्टवाच

टेकपाना टेकपाना

बैशाख १३, २०७९ २२:२५

बिहीबार सार्वजनिक हुँदै ‘ह्वावे जीटी थ्री प्रो’ स्मार्टवाच

काठमाडौं । आउँदो बिहीबार ह्वावेले नयाँ स्मार्टवाच जीटी थ्री प्रो सार्वजनिक गर्ने भएको छ ।

गएको अक्टोबरमा जीटी थ्री वाच सार्वजनिक गरेको कम्पनीले झन्डै सात महिनापछि यो सिरिजको प्रो भर्सन ल्याउन लागेको हो ।

कम्पनीले पहिलो चरणमा चिनियाँ बजारमा यो स्मार्टवाच उपलब्ध गराउने छ ।

स्मार्टवाच सार्वजनिक गर्ने मिति तय भएपनि यसको फिचरबारे कम्पनीले कुनै जानकारी दिएको छैन ।

कम्पनीले सार्वजनिक गरको एउटा भिडिओमा भने स्मार्टवाच लगाएर समुन्द्रमा ३० मिटर मुनीसम्म जान सकिने देखाइएको छ ।

उक्त कार्यक्रममार्फत स्मार्टवाचका साथमा कम्पनीको फोल्डेबल फोन ‘मेट एक्सएस २’ पनि सार्वजनिक हुाे जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२