close

नयाँ नामका साथ सार्वजनिक हुँदै रेड्मी नोट १२ सिरिज

टेकपाना टेकपाना

बैशाख १४, २०७९ १३:२

नयाँ नामका साथ सार्वजनिक हुँदै रेड्मी नोट १२ सिरिज

काठमाडौं । गत वर्ष साओमीले रेड्मी नोट ११ प्रो चिनियाँ बजारमा सार्वजनिक गरेको थियो । याे स्मार्टफाेन र पुरानो मोडल रेडमी नोट १० मा तात्वकि फरक नहुँदा धेरै प्रयोगकर्ता अन्याैलमा परेका थिए ।

यस्तोमा नयाँ सिरिजमा प्रयोगतर्काले धेरै कुरा अपेक्षा गर्नु स्वभाविक पनि हो । यस्तोमा कम्पनीले रेड्मी नोट १२ सिरिजको नाम नै परिवर्तन गरी नयाँ भर्सनमा उपलब्ध गराउने तयारी गरेकाे छ ।

कम्पनीका जनरल म्यानेजर लु विबिङले सामाजिक सञ्जाल विबोमा पोस्ट गर्दै नयाँ स्मार्टफोनको बारेमा जनाउ दिएका छन् । ‘गत वर्षदेखि हामीले एक वर्षमा दुई फरक जेनरेसनको मान्यतालाई आत्मासाथ गरेका छौं,’ उनले पोस्टमा भनेका छन्, ‘जसमा एउटा जेनरेशनले पर्फमेन्स र अर्कोले एक्सपिरियन्सलाई फोकस गरेको छ ।’

त्यो हिसाबले कम्पनीले गत वर्ष सार्वजनिक गरेको नोट ११ प्रो अनुभवमा केन्द्रित थियो भने नोट १० प्रो पर्फमेन्समा केन्द्रित डिभाइस थयो ।

त्यो हिसाबले रेड्मी नोट ११ प्रो फाइभजी धेरैका लागि अन्याैल सिर्जना गर्ने खालको डिभाइस बनेको उनले बताएका छन् । ग्राहकले नोट ११ प्रोलाई पर्फमेन्समा आधारित नोट १० प्रोसँग दाँज्दा ग्राहक अन्योलमा परेका हुन् ।

ग्राहकको त्यही अन्याैललाई चिर्न नोट १२ प्रो सिरिजको नाम परिवर्तन गर्न तयारी गरेकाे उनले बताएका छन्, जसले पर्फमेन्सलाई दर्शाउने उनकाे भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२