close

ट्वीटर चलाउन मन लागेन ? यसरी गर्नुहोस् डिएक्टिभेट

टेकपाना टेकपाना

बैशाख १४, २०७९ १५:७

ट्वीटर चलाउन मन लागेन ? यसरी गर्नुहोस् डिएक्टिभेट

काठमाडौं । ट्वीटर एक लाेकप्रिय सामाजिक सञ्जाल हो, यसमा कुनै दुविधा छैन । जति यसको उपयोगिता छ, त्यति नै बेफाइदा छन् । ट्वीटर विशेषगरी विश्वका समाचार पढ्न, मिम हेर्न, विभिन्न व्यक्तिका विचार पढ्न प्रयोग गर्छौं ।

एक हिसाबले यसले मानिसहरूलाई संसारको संस्कृतिसँग परिचित गराएको छ भने अर्कोतर्फ ‘खराब’ मानिसहरूको संगत गराउँछ ।

ट्वीटर लगायत अन्य सामाजिक सञ्जालमा कतिपय यस्ता घटनाका बारेमा उल्लेख गरिएको हुन्छ, जसले सर्वसाधारणको मानसिकतामा भ्रम फैलाउँछन् । त्यस्तो अवस्थामा अकाउन्ट डिएक्टिभेट गर्नुपर्ने हुनसक्छ ।

कतिपय यस्ता अवस्था आइदिन्छन्, जसमा हामी बाध्य भएर आफ्नो अकाउन्ट डिएक्टिभेट गर्न लागिरहेका हुन्छौं । यदि तपाईंले आफ्नो अकाउन्ट डिएक्टिभेट गर्नुभएको छ भने ३० दिनसम्म अस्थायी रूपमा डिलिट हुनेछ ।

पहिलो चरणमा नै अकाउन्ट डिलिट गर्न भने सकिँदैन । त्यसैले सधैंका लागि डिलिट गर्नुपर्‍यो भने पनि तपाईंले सुरुमा अकाउन्ट डिएक्टिभेट नै गर्नुपर्ने हुन्छ ।

यदि तपाईंलाई त्यही अकाउन्टबाट पुनः ट्वीटर प्रयोग गर्नुपर्‍यो भने अकाउन्ट डिएक्टिभेट गरेको ३० दिनअघि नै लगईन गर्नुपर्ने हुन्छ । 

ब्राउजरमा ट्वीटर अकाउन्ट कसरी डिएक्टिभेट गर्ने ?

यदि तपाईंलाई ब्राउजरबाट ट्वीटर अकाउन्ट डिलिट गर्नु छ भने मोबाइल वा कम्प्युटरको ब्राउजरमा गई ट्वीटर डटकममा लगईन गर्नुहाेस् । त्यसपछि तल उल्लेख गरिएका प्रक्रिया अपनाउनुपर्ने हुन्छ ।

-ट्वीटरको होम पेजमा गई बायाँतर्फ रहेकोको मोर (More) मा क्लिक गर्नुहाेस् ।

-त्यसपछि सेटिङ एन्ड प्राइभेसीमा (Setting and Privacy) गएर योर अकाउन्ट (Your Account) छान्नुपर्ने हुन्छ ।

-योर अकाउन्टमा गइसकेपछि त्यसको सबैभन्दा तलपट्टि डिएक्टिभेट योर अकाउन्ट लेखिएको हुन्छ ।

-त्यसमा क्लिक गरेर आफ्नो अकाउन्ट डिएक्टिभेट गर्न सक्नुहुन्छ ।

अकाउन्ट डिएक्टिभेट हुनुअघि थुप्रै कुराको लिङ्क दिइएको हुन्छ । तपाईंले अकाउन्ट डिएक्टिभेट गरेको कति दिनसम्म अकाउन्ट रिएक्टिभ गर्न चाहनुहुन्छ भन्ने उल्लेख गरिएको हुन्छ ।

त्यसमा आफूलाई सहज हुने ३० दिन वा १२ महिनामध्ये एक छान्न सक्नुहुन्छ । यदि त्यो समयमा अकाउन्ट रिएक्टिभ गराउनुभएन भने तपाईंको अकाउन्ट सधैंका लागि डिलिट हुन्छ ।

स्मार्टफोनमा ट्वीटरको एपबाट अकाउन्ट डिएक्टिभेट गर्ने तरिका

यदि तपाईं स्मार्टफोनमा ट्वीटर प्रयोग गर्नुहुन्छ भने ट्वीटरको एपबाट सहजै अकाउन्ट डिएक्टिभेट गर्न सक्नुहुन्छ । ट्वीटर एपबाट अकाउन्ट डिएक्टिभेट गर्न तल उल्लेख गरिएका प्रक्रिया अपनाउनुहोला ।

-सबैभन्दा पहिले ट्वीटर एपमा जानुहोस् । त्यसपछि माथि दायाँपट्टि रहेको तपाईंको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् ।

-त्यसपछि त्यहाँ अन्तिममा रहेको सेटिङ र प्राइभेसीमामा ट्याप गर्नुहोस् ।

-त्यसपछि सबैभन्दा माथि रहेको योर अकाउन्ट अप्सनमा जानुहोस् ।

-योर अकाउन्टमा ट्याप गरिसकेपछि त्यसको अन्तिममा डिएक्टिभेट अकाउन्टमा ट्याप गर्नुहोस् ।

त्यसपछि रातो अक्षरमा आउने डिएक्टिभेटमा ट्याप गर्नुभयो भने तपाईंको पासवर्ड माग्छ । तपाईंले आफ्नो पासवर्ड टाइप गरी सकेपछि तल रहेको डिएक्टिभेटमा क्लिक गर्नु पर्ने हुन्छ । त्यसपछि तपाईंको अकाउन्ट डिएक्टिभेट हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२