close

फुडमाण्डु अनलाइन फुड फेस्टिभलमा नेपालमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी’ प्रविधि प्रयोग

टेकपाना टेकपाना

पुस २१, २०७६ ११:८

फुडमाण्डु अनलाइन फुड फेस्टिभलमा नेपालमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी’ प्रविधि प्रयोग

खाजा तथा खानाको अनलाइन डेलिभरी दिँदै आएको फुडमाण्डुको आयोजनामा आजदेखि फुड फेस्टिभल सुरु भएको छ । फेस्टिभल अवधिभर फुडमाण्डुका उपभोक्ताले उत्कृष्ट खानाका परिकार, विभिन्न डिलहरु र अफरहरुका साथै अनलाइन गेमको अनुभव प्राप्त गर्न सक्ने बताइएको छ ।

फुडमाण्डुले नेपालमै पहिलो पटक अग्मेन्टेड रियालिटी फिचर शुरुवात गर्दैछ । जसमा ग्राहकहरुले मोबाइल एपमार्फत भर्चुअल भौचरहरु खोज्नुपर्नेछ त्यसलाई अर्डरको समयमा उपयोग गर्न सकिनेछ । शहरभरीका ३० रेष्टुरेन्टहरुले सात दिने फेस्टिभलमा ग्राहकहरुका लागि विभिन्न किसिमका पाककला प्रदर्शनमा राखेका छन् ।

जसमा कन्टिनेन्टलदेखि एशियन, भारतीय, नेपाली लगायतका व्यन्जनहरु भारी छूट अफर समेत दिइएको छ । फेस्टिभको ‘सबै रु.१ अफर’ अन्तरगत फ्ल्याश डिल जस्ता लोकप्रिय अफरहरु रहेका छन् । यी अफरहरु दैनिक तीनपटक लाइभ हुनेछन् भने मिस्ट्रि ब्याग (एउटा पूर्ण ह्याम्पर जसमा खानेकुरा र फ्रिबिज हुनेछन्), र अनलाइन गेमहरु समेत रहेका छन् । जसमा केही थप नयाँ सामग्रीहरु समेत उपलब्ध हुने आयोजकले जनाएको छ ।

फुडमाण्डुका प्रमुख कार्यकारी अधिकृत निधान श्रेष्ठले अग्मेन्टेड रियालिटी फिचर (वास्तविक यथार्तसँगै भर्चुअल चिजवस्तुलाई जोडेर अनुभव गर्न सकिने प्रविधि) मार्फत फेस्टिभललाई अझ साधारण तथा आकर्षक बनाउने प्रयास गरेको बताए ।

‘फुडमाण्डु अनलाइन फुड फेस्टिभल केवल एपमा मात्र उपलब्ध इभेन्ट हो,’ उनले भने, ‘जसको अर्थ ग्राहकहरुले उपलब्ध भएका अफरहरु कलेज, घर वा कार्यालय जहाँबाट पनि सहभागीता जनाउन सक्नेछन् । फुडमाण्डुको वेबसाइट तथा फेसबुक पेजबाट फेस्टिभल बारे थप जानकारी तथा नयाँ अपडेट थाहा पाउन सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०