close

तपाईं जस्तो हुनुहुन्छ त्यस्तै देखाउने सामाजिक सञ्जाल ‘बिरियल’

टेकपाना टेकपाना

बैशाख १५, २०७९ ११:४२

तपाईं जस्तो हुनुहुन्छ त्यस्तै देखाउने सामाजिक सञ्जाल ‘बिरियल’

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा फोटा तथा भिडियोमा फिल्टर प्रयोग अत्याधिक रुपमा हुने गरेको छ । विशेष गरेर टिकटकको उदयसँगै भिडियोमा फिल्टर प्रयोग गर्ने प्रचलन बढेको छ । हुन त स्न्यापच्याट, इन्स्टाग्राम, फेसबुकजस्ता सामाजिक सञ्जालमा पनि फिल्टर प्रयोग गरेर राम्रो फोटो बनाउन सकिने फिचरहरू उपलब्ध छन् ।

यथार्थमा एउटा देखिने र सामाजिक सञ्जालमा अर्को देखिने गरि प्रयोग हुने फिल्टरबाट टाढा राख्ने गरि नयाँ सामाजिक सञ्जाल सार्वजनिक भएको छ । ‘बिरियल’ अर्थात ‘वास्तविक देखिनु’ भन्ने हो । हुन त यो एप सार्वजनिक भएको धेरै भइसकेको छ । सन् २०१९ मै उपलब्ध भएको यो एप पछिल्लो केही समययता भने निकै प्रयोगमा आउने थालेको छ ।

यथार्थमा आफू जस्तो हो सामाजिक सञ्जालमा पनि त्यस्तै देखिने पर्छ भन्ने मनसायका साथ यो सामाजिक सञ्जालको उदय भएको हो । यसले सामाजिक सञ्जालमा जोडिन साथीहरू यथार्थमा को हुन भन्ने देखाउने जनाइएको छ । ‘बिरियल’ मा प्रयोगकर्ताले दुई मिनेट पाउनेछन् । जसमा आफू जहाँ, जस्तो अवस्थामा छ त्यस्तै फोटा अपलोड गर्नुपर्ने हुन्छ । त्यसमा कुनै फिल्टर प्रयोग हुने छैन् ।

यसका लागि एपले प्रयोगकर्तालाई दुई मिनेटको समय आफैले तोक्ने छ । उक्त सयम एपले नोटिफिकेशन मार्फत प्रयोगकर्तालाई जानकारी दिनेछ । उक्त दुई मिनेटभित्र फोटो खिचेर पोस्ट गरिसक्नुपर्ने हुन्छ । त्यो हुँदा प्रयोगकर्ताले आफूले चाहे अनुसार वातावरण बनाएर भिडियो खिच्न र पोस्ट गर्न पाउने छैन् ।

उक्त समयमा तपाईंले मोबाइलको फ्रन्ट र ब्याक दुबै क्यामेरामार्फत फोटो खिच्नुपर्ने हुन्छ । भने, त्यही दुई फोटो एकै पटक सञ्जालमा पोस्ट हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२