close

फोटोशपमा ५ दिने निःशुल्क अनलाइन तालिम सोमबारदेखि, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

बैशाख १५, २०७९ २०:५३

फोटोशपमा ५ दिने निःशुल्क अनलाइन तालिम सोमबारदेखि, यसरी हुनुहोस् सहभागी

काठमाडौं । आउँदो सोमबार (वैशाख १९) देखि अनलाइनमा निःशुल्क फोटोशप तालिम हुने भएको छ । पाँच दिनसम्म सञ्चालन हुने तालिममा फोटोशपका बेसिकदेखि एडभान्स टुलसम्मको जानकारी दिने आयोजकले जनाएको छ ।

फोटोशप भर्चुअल समिट ४ नाम दिइएकाे तालिममा फोटोशपका अन्तर्राष्ट्रिय विज्ञले प्रशिक्षण दिनेछन् । हरेक वर्ष आयोजना हुँदै आएको यो समिटलाई एडोबीले प्रायोजन गरेको छ ।

दुई दशकदेखि फोटोग्राफी तथा रिटचमा काम गर्दै आइरहेका प्रशिक्षक डेभ क्रसको अग्रसरतामा यसअघि तीनवटा भर्चुअल समिट सम्पन्न भइसकेको छ ।

चौंथो संस्करणको भर्चुअल समिटमा पाँच दिनमा २० प्रशिक्षक र कुल ४० अनलाइन क्लास हुनेछ ।

प्रशिक्षक क्रसका अनुसार हरेक एक घण्टा नयाँ टपिकमा कक्षा सञ्चालन हुनेछ । हरेक दिनकाे कक्षा ४८ घण्टासम्म अनलाइनमा निःशुल्क हेर्न सकिन्छ ।

निःशुल्क टिकटका लागि यहाँ क्लिक गर्नुहाेस् ।

भीआईपी पास लिएका सदस्यहरुले कुनै पनि समयमा फोटोशपको कक्षा हेर्न र डाउनलोड गर्न पाउने छन् ।

उक्त प्रशिक्षणमा नयाँदेखि व्यवसायिक रूपमा काम गरिरहेका सबै प्रकारका फोटोशप प्रयोगकर्ता सहभागी हुन मिल्ने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२