close

यस्तो छ मोबाइलको फ्ल्याश लाइट अझ चम्किलो बनाउने तरिका 

टेकपाना टेकपाना

बैशाख १६, २०७९ ८:३१

यस्तो छ मोबाइलको फ्ल्याश लाइट अझ चम्किलो बनाउने तरिका 

काठमाडौं । स्मार्टफोनको विकाससँगै सुरुवाती समयमा फ्ल्याश लाइट फोटो खिच्नका लागि मात्र प्रयोग गरिन्थ्यो । वा भनौँ फ्ल्याश लाइटलाई त्यसैका लागि मात्र निर्माण गरिएको थियो ।

फोनको बिल्ट इन सेटिङमा एलईडी फ्ल्याश लाइटको कुनै सेटिङ नहुने भएकाले प्रयोगकर्ताले त्यसलाई प्रयोग गर्न थर्ड पार्टी एपको सहारा लिने गर्थे  । अहिले पनि प्रयोगकर्ताहरू फ्ल्याश लाइटका लागि फोनमा उपलब्ध नभएका तर थर्ड पार्टी एपले उपलब्ध गराउने फिचर प्रयोग गर्न अन्य एप डाउनलोड गर्ने गर्छन् ।

आज हामी तपाईँको स्मार्टफोनमा रहेको त्यही फ्ल्याश लाइटको उज्यालोपन कसरी बढाउने भन्ने विषयमा चर्चा गर्दैछौँ । सबैभन्दा पहिला फ्ल्याश लाइटको ब्राइटनेस बढाउन वा घटाउन किन आवश्यक छ बन्ने विषयमा चर्चा गरौँ ।

कतिपय अवस्थामा हामीले लामो समयसम्म फ्ल्याश लाइट प्रयोग गरिरहँदा त्यसले आँखामा असर पुर्‍याइरहेको हुन्छ भने कतिपय अवस्थामा त्यसले फोनको ब्याट्री तीब्र रूपमा खर्च गरिरहेको हुन्छ ।

यस्तो अवस्थामा हामीलाई फ्ल्याश लाइटको ब्राइटनेस घटाउनु पर्ने हुन्छ । त्यस्तै कतिपय अवस्थामा हामीलाई फ्ल्याश लाइटको ब्राइटनेस बढाउनु पर्ने पनि हुन्छ । त्यसैले यसबारे जान्न आवश्यक छ ।

१) आईफोनमा फ्ल्याश लाइट बढाउने वा घटाउने तरिका

-सबैभन्दा पहिला आफ्नो आईफोनको कन्ट्रोल सेन्टर खोल्नुहोस् । प्रायः आईफोनहरूमा सोझै स्वाइप अप गर्दा कन्ट्रोल प्यानल खुल्छ । यदि तपाईंको आईफोनमा होम बटन छ भने होम बटनबाट स्वाइप अप अर्थात स्क्रिनमा तलबाट माथितर्फ धकेलेर गरी कन्ट्रोल सेन्टर देख्नुहुन्छ ।

– फ्ल्याश लाइटको आइकनलाई स्लाइडर नखुलेसम्म ट्याप गरेर होल्ड गरिरहनुहोस् । 

– त्यसपछि त्यहाँ देखिएको स्लाइडरलाई तल माथि गरेर फ्ल्याश लाइटको ब्राइटनेस घटाउन वा बढाउन सक्नु हुन्छ ।

 २) एन्ड्रोइडमा फ्ल्याश लाइटको ब्राइटनेस बढाउने र घटाउने तरिका

सबैजसो एन्ड्रोइड फोनमा फ्ल्याश लाइटको ब्राइटनेस बढाउने वा घटाउने फिचर समावेश हुँदैन । यदि छ भने पनि फ्ल्याश लाइटको ब्राइटनेस बढाउने तरिका फोनको एन्ड्रोइड भर्जन र त्यसको अपरेटिङ सिस्टम अनुसार फरक फरक हुनसक्छ ।

सामसङ ग्यालेक्सी स्मार्टफोनमा निम्न अनुसारको विधि अपनाएर फ्ल्याश लाइटको ब्राइटनेस बढाउन वा घटाउन सकिन्छ ।

-स्क्रिनमा माथिबाट स्वाइप डाउन गरेर कन्ट्रोल प्यानल खोल्नुहोस् ।

– त्यसपछि त्यहाँ रहेको फ्ल्याश लाइटको आइकन देखिन्छ । यदि नदेखिएको खण्डमा त्यसलाई स्वाइप डाउन गरेर कन्ट्रोल प्यानललाई विस्तार गरेर त्यहाँ भएका सम्पूर्ण आइकन देख्न सक्नुहुन्छ ।

-फ्ल्याश लाइटमा त्यतिबेला सम्म ट्याप गरेर होल्ड गरिरहनु होस्, जबसम्म फ्ल्याश लाइट सेटिङ स्क्रिन देखिँदैन ।

– त्यसपछि तल ब्राइटनेस लेखिएको एउटा स्लाइडर देखिन्छ । त्यही स्लाइडरलाई सारेर फ्ल्याश लाइटको ब्राइटनेस बढाउन वा घटाउन सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२