close

असारमा राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन आयोजना हुने

टेकपाना टेकपाना

बैशाख १६, २०७९ ८:४८

असारमा राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन आयोजना हुने

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले आगामी असारमा नवौँ राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन आयोजना गर्ने भएको छ । ‘समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवर्तन’ नाराका साय सम्मेलन आयोजना गर्न लागिएको हो ।

नास्टका अनुसार असार ७ देखि ९ गतेसम्म सम्मेलन आयोजना हुनेछ । त्यसका लागि ‘एब्स्ट्र्याक्ट’ पठाउने अन्तिम मिति जेठ १६ गतेसम्म तय गरिएको छ । सम्मेलन सम्बन्धी विस्तृत जानकारीका लागि सम्मेलन सचिवालय, प्रवर्द्धन तथा प्रचार महाशाखामा सम्पर्क राख्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२