close

३० घण्टामै मस्कको ट्वीटले पायो ४३ लाख लाइक, सर्वाधिक लाइक पाउनेमा दोस्रो

टेकपाना टेकपाना

बैशाख १६, २०७९ १३:७

३० घण्टामै मस्कको ट्वीटले पायो ४३ लाख लाइक, सर्वाधिक लाइक पाउनेमा दोस्रो

काठमाडौं । एलन मस्कले ट्वीटरको पूर्ण स्वामित्व खरिद गरी सकेपछि गत अप्रिल २८ मा कोकाकोला किन्ने भनी गरिएको ट्वीटले ४.३ मिलियन लाइक पाएको छ ।  करिब ३० घण्टाको अवधिमा प्राप्त ४.३ मिलियन लाइक ट्वीटरमा हालसम्मकै सर्वाधिक लाइक हुने ट्वीट मध्यको दोस्रो हो ।

सो ट्वीटमा उनी आफूले अब कोकाकोला किन्ने र त्यसमा कोकिन मिसाउने विचार व्यक्त गरेका थिए । यद्यपि यो एक व्यङ्ग मात्र थियो । यसलाई अन्य व्यक्तिहरूले पनि मजाककै रूपमा हेरेका छन् भने केहीले आफ्नै धारणा बनाएका छन् ।

यसअघि ४.१ मिलियन लाइकका साथ सर्वाधिक लाइक पाउने  ट्वीट मध्यको दोस्रोमा  बाराक ओबामाको ट्वीट रहेको थियो । ओबामाको उक्त ट्वीटलाई पछि पार्दै एलन मस्कको ट्वीट दोस्रोमा उक्लिएको हो । ट्वीटरमा हालसम्मकै सर्वाधिक लाइक पाउने ट्वीट चाडविक बोसम्यान (Chadwick Boseman) का परिवारले उनको मृत्युको खबर राखेको पोस्ट थियो ।

चाडविकका परिवारले उनको ट्वीटर ह्यान्डलबाट उनकै मृत्युको खबर अगस्ट २९, २०२० मा पोस्ट गरेका थिए । उक्त ट्वीटले ‍७‍‍.२ मिलियन लाइक पाएको छ ।

तीस घन्टाको अवधीमा ४‍‍.३ मिलियन लाइक पुगेको ट्वीट केही समयपछि सर्वाधिक लाइक भएको ट्वीट हुनसक्ने अनुमान मस्कका समर्थकले लिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२