close

गुगलमा तौल घटाउने देखि डेटिङ सम्मका विज्ञापनलाई राेक लगाउन सकिने

टेकपाना टेकपाना

बैशाख १६, २०७९ १६:२६

गुगलमा तौल घटाउने देखि डेटिङ सम्मका विज्ञापनलाई राेक लगाउन सकिने

काठमाडौं । गुगलले आफ्नो विज्ञापनका विभिन्न अप्सनहरूमा प्रयोगकर्ता आफैलाई नियन्त्रण गर्न दिने फिचर उपलब्ध गराउने भएको छ । त्यसका लागि गुगलले विज्ञापन सीमित गर्न मिल्ने स्थानमा नयाँ विज्ञापनका प्रकारहरू थप गरेको छ ।

अर्थात अब गुगल प्रयोग गर्दा आउने विभिन्न विज्ञापनहरूमा डेटिङ, गर्वधारण, अभिभावकत्व र तौल घटाउने सँग सम्बन्धित कुनै पनि विज्ञापन हेर्ने/नहेर्ने भनेर प्रयोगकर्ता आफैले नियन्त्रण गर्न पाउने छन् । युट्युब सँगै यो फिचर गुगलका अन्य प्रोडक्टमा पनि लागू हुनेछ ।

यो फिचर प्रयोग गर्नको लागि एड सेटिङमा गएर ‘सेन्सेटिभ एड क्याटगोरी अन युट्युब मा क्लिक गर्नुहोस् । यसपछि आफूले कम विज्ञापन हेर्न चाहेको क्याटगोरीमा ‘सी फ्युअर’ बटनमा क्लिक गर्नुहोस् । त्यसपछि स्क्रिनमा देखिने पपअप बक्सको ‘अलाउ’ अप्सनमा क्लिक गर्नुहोस् ।

यसको अर्थ सो विषयसँग सम्बन्धित विज्ञापनहरू देख्दै नदेख्ने भन्ने होइन तर थोरै संख्यामा देखिने भन्ने हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२