close

११ जीबी भर्चुअल र्‍याम भएको नयाँ स्मार्टफोन रियलमी क्यू५आई सार्वजनिक

टेकपाना टेकपाना

बैशाख १६, २०७९ १७:३३

११ जीबी भर्चुअल र्‍याम भएको नयाँ स्मार्टफोन रियलमी क्यू५आई सार्वजनिक

काठमाडौं । मोबाइल निर्माता कम्पनी रियलमीले आफ्नो स्मार्टफोन लाइनअप विस्तार गर्दै नयाँ मोबाइल रियलमी क्यूफाइभआई स्मार्टफोन सार्वजनिक गरेको छ ।

यो सिरिज अन्तर्गत तेस्रो स्मार्टफोनको रुपमा क्यूफाइभआई सार्वजनिक गरिएको हो । यसको महत्त्वपूर्ण पक्षको कुरा गर्ने हो भने रियलमी क्यूफाइभआई ९० हर्ज रिफ्रेश रेट तथा फुल एचडी प्लस डिस्प्लेका साथ बजारमा ल्याइएको छ ।

फोनको डिस्प्लेको कुरा गर्ने हो भने रियलमीको यो स्मार्टफोनमा ६.५८ इन्चको फुल एचडी प्लस डिस्प्लेका साथ ल्याइएको छ । जसमा १०८०x२४०० पिक्सेल रेजोलुसन रहेको छ ।

त्यस्तै ९० हर्ज को स्क्रिन रिफ्रेश रेट यो फोनमा पाउन सकिनेछ । ओएसको कुरा गर्ने हो भने यो मोबाइल एन्ड्रोइड १२ मा काम गर्दछ । जसमा रहेर कम्पनीले कस्टम स्किन यूआई उपलब्ध गराउँछ ।

स्पिड र मल्टी टास्किङको लागि फोनमा मिडियाटेक डाइमेन्सिटी ८१० अक्टा कोर चिपसेट प्रयोग गरिएको छ । फोनमा १२८ जीबी इन्टरनल स्टोरेज रहेको छ भने त्यसलाई विस्तार  गर्न सकिने गरी माइक्रो एसडी कार्ड सपोर्ट पनि दिइएको छ ।

मोबाइलमा छ जीबीसम्मको र्‍याम दिइएको छ । तर यो फोनले ११ जीबीसम्मको भर्चुअल र्‍यामलाई सपोर्ट गर्दछ । जसले तपाईँको फोनमा खाली रहेको स्टोरेज उपयोग गरी तपाईँलाई अतिरिक्त र्‍यामको सुविधा उपलब्ध गराउँछ ।  

यसैगरी फोनको क्यामेरा सेटअपको कुरा गर्ने हो भने फोनको पछाडि भागमा दुई ओटा रियर क्यामेरा राखिएका छन् । जसमा १३ मेगापिक्सेलको प्राइमरी क्यामेरा सेन्सरसँगै दुई मेगापिक्सेलको डेप्थ सेन्सर दिइएको छ ।

सेल्फी र भिडिओ कलिङका लागि फोनको अगाडि भागमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा सेन्सर राखिएको छ । ३३ वाट फास्ट चार्जिङ सपोर्ट रहेको यो फोनमा पाँच हजार एमएएच क्षमताको ब्याट्री राखिएको छ । 

मूल्यको कुरा गर्ने हो भने रियलमी क्यूआईफाइभको ४ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज रहेको भेरियन्टको मूल्य चीनमा ११९९ युआन अर्थात अर्थात करिब २२ हजार रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२