close

सिक्सजीको प्रोटोटाइप तयार पार्दै दक्षिण कोरिया

टेकपाना टेकपाना

बैशाख १७, २०७९ १०:३

सिक्सजीको प्रोटोटाइप तयार पार्दै दक्षिण कोरिया

काठमाडौं । विश्वभरका मोबाइल सेवाप्रदायकहरू अहिले फाइभजी सार्वजनिक गर्ने र त्यसको विस्तारमा केन्द्रित हुने होडमा छन् । नेपालमा पनि फाइभजी नेटवर्कको परीक्षण तयारी भइरहेको छ ।

फाइभजी ‘कम्प्याटिबल’ स्मार्टफोन एकपछि अर्को गर्दै सस्तो हुँदैछन् । यसरी अर्को पुस्ता (नेक्स्ट जेनेरेसन) को वायरलेस प्रविधि तीव्र रुपमा परिपक्व भइरहेको बेला त्याे भन्दा पनि नयाँ पुस्ताकाे वायरलेस प्रविधि ‘सिक्सजी’ को चर्चा सुरु भइसकेको छ ।

यसअघि भएका केही अनुसन्धान एवं परीक्षणमा सिक्सजीमा १ टीबीपीएसको उच्च गतिको डेटा ट्रान्स्फर भएको पाइएको छ । फाइभजीको तुलनामा सिक्सजीले ५० गुणा उच्च गतिको डेटा रेट प्रदान गर्ने र १० गुणा लेटेन्सी घटाउने लक्ष्य राखिएको छ ।

यसैबीच दक्षिण कोरियाली सरकारले मोबाइल नेटवर्कको नयाँ युग सिक्सजीमा प्रमुख खेलाडी बन्ने सुरसार गरेको छ ।

सिक्सजीलाई भविष्यको आर्थिक वृद्धिको महत्वपूर्ण माध्यमका रुपमा लिँदै काेरियाली सरकारले नन-मेमोरी चिप, फ्युचर कार, बायोटेक एवं स्वास्थ्य सेवामा यसकाे प्रयाेगबारे कार्यक्रम ल्याउने जनाएको छ ।

२०२६ सम्म सिक्सजीको प्रोटोटाइप तयार पार्ने र २०२० को दशकको अन्त्य वा २०३० को सुरूदेखि व्यावसायिक रूपमा सिक्सी सुरू गर्ने सरकारकाे तयारी छ ।

सिक्सजीका साथै त्यहाँकाे सरकारले सेकेन्डरी ब्याट्री, डिस्प्ले, एरोस्पेस, उन्नत आणविक ऊर्जा प्लान्ट, डिजिटल सामग्री लगायतका लागि पनि याेजना सार्वजनिक गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२