close

स्प्यारो भ्वाइस सेवा सुरू, एकैपटक हजारौंलाई भ्वाइस म्यासेज पठाउन सकिने

टेकपाना टेकपाना

बैशाख १७, २०७९ ११:३६

स्प्यारो भ्वाइस सेवा सुरू, एकैपटक हजारौंलाई भ्वाइस म्यासेज पठाउन सकिने

काठमाडौं । स्प्यारो एसएमएसले भ्वाइस ब्रोडकास्टिङ सेवा स्प्यारो भ्वाइस सुरु गरेको छ ।

स्प्यारो भ्वाइस सेवा एउटा ब्रोडकास्ट प्लेटफर्म हो, जहाँ कम्पनी तथा विभिन्न संस्थाले समाचार, सूचना, सार्वजनिक सेवा घोषणा वा अन्य सम्बन्धित भ्वाइस सन्देश एकैपटकमा ठूलो संख्यामा मानिसहरूलाई प्रसारण गर्न सक्छन् ।

यो सेवा बल्क एसएमएस प्रणालीको परिष्कृत संस्करण भएको कम्पनीले जनाएको छ । संस्थाहरूले भ्वाइस सेवा मार्फत सर्वेक्षणहरू पनि चलाउन सक्ने जनाइएको छ ।

स्प्यारो भ्वाइसले व्यक्ति वा संस्थालाई आफ्नो सन्देश अडियो ढाँचामा एकैपटक फोन कलमार्फत ठूलो संख्यामा मानिसहरूलाई प्रसारण गर्न मद्दत गर्ने कम्पनीको विश्वास छ ।

विभिन्न समूहका व्यक्ति तथा व्यवसायहरूले अब यो स्वचालित विधिबाट लक्षित समूहमा आफ्ना सन्देश वा सूचना सजिलै पुर्‍याउनसक्ने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२