काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जाल एप टिकटक प्रति विश्वव्यापी रुपमा प्रयोगकर्ताको आकर्षण बढ्दो छ । तर झट्ट हेर्दा टिकटक हलुका मनोरन्जन, छाडा सामग्री, भाइरल कन्टेन्ट र समय बर्बादीको साधन जस्तो पनि लाग्न सक्छ ।
तर टिकटकको प्रयोग अर्थहीन र नकारात्मक मात्र छैन । आफ्नो कला प्रस्तुत, जानकारी मूलक तथा ज्ञानगुनका सामग्री शेयर गर्न समेत यसको प्रयोग भइरहेको छ । यति मात्र होइन, पछिल्लो समय यो एप प्रयोग गरी आफ्नो ब्यापार, व्यवसाय सञ्चालन तथा प्रवर्द्धन गर्नेहरू पनि थपिन थालेका छन् ।
यसैको एक सफल उदाहरण बनेको हो, ‘र्याप्सी’ । सुनसरीका प्रशान्त फुँयाल, अभिनव साह र काठमाडौंका जीवन रिसालले गत जनवरी १ देखि मोबाइल स्किन ब्रान्ड ‘र्याप्सी टेक नेपाल’को सुरुवात गरे ।
छोटो समयमा थोरै लगानीबाट सुरु भएको र्याप्सी अहिले टिकटकका धेरै प्रयोगकर्ता माझ चर्चित छ ।
टिकटकबाटै कसरी भाइरल बन्यो त यो व्यवासय ? हेर्नुहोस् भिडिओ