close

टेलिकमको नयाँ अफर, ४९ रूपैयाँमा अनलिमिटेड डेटा र भ्वाइस कल सुविधा

टेकपाना टेकपाना

बैशाख १७, २०७९ १५:४९

टेलिकमको नयाँ अफर, ४९ रूपैयाँमा अनलिमिटेड डेटा र भ्वाइस कल सुविधा

काठमाडौं । नेपाल टेलिकमले चौंथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ­२०७९ का अवसरमा नयाँ अफर ल्याएको छ ।

यो दिवसलाई लक्षित गर्दै कम्पनीले अनलिमिटेड डेटा र भ्वाइससहितको कम्बो प्याक, डेटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो । यो अफर वैशाख १८ देखि एक सातासम्म उपलब्ध हुनेछ ।

यसअन्तर्गत तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक रु. ९८ मा खरिद गर्न सकिने छ ।

त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डेटा र अन-नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक रु. ९९ मा उपलब्ध हुँदै आएकोमा ५० प्रतिशत छुटसहित जम्मा रु. ४९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

*1415*11#  डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

यसका साथै रु. २०० देखि रु. ४९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जीबीको डेटा प्याक र रु. ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डेटा प्याक पनि उपलब्ध गराइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२