close

अब एज ब्राउजरमा निःशुल्क भीपीएन चलाउन पाइने

टेकपाना टेकपाना

बैशाख १७, २०७९ १८:२५

अब एज ब्राउजरमा निःशुल्क भीपीएन चलाउन पाइने

काठमाडौं । माइक्रोसफ्टले सुरक्षा र गोपनीयतालाई सम्बोधन गर्दै आफ्नो एज ब्राउजरमा नि:शुल्क बिल्ट-इन भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) उपलब्ध गराउने भएको छ ।

माइक्रोसफ्टले हाल क्लाउडफ्लेयरबाट सञ्चालित ‘एज सेक्योर नेटवर्क’ नामक भीपीएनको परीक्षण गरिरहेको छ र छिट्टै नै सेक्युरिटी अपग्रेडको रुपमा एज प्रयोगकर्ताका लागि उपलब्ध गराउने बताइएको छ ।

एज सेक्योर नेटवर्कले प्रयोगकर्ताहरूको वेब ट्राफिकलाई इन्क्रिप्ट गर्नेछ, ताकि इन्टरनेट सेवा प्रदायकहरूले ब्राउजिङको जानकारी सङ्कलन गर्न सक्दैनन्, जसलाई तपाईंले निजी राख्न सक्नुहुन्छ ।

यो नयाँ फिचरले प्रयोगकर्ताहरूलाई भर्चुअल आईपी एड्रेस प्रयोग गरेर वेब ब्राउज गर्न सम्भव बनाएर आफ्नो ठेगाना लुकाउन पनि दिनेछ ।

यसको मतलब यो पनि हो कि, प्रयोगकर्ताहरूले आफ्नाे देशमा ब्लक गरिएका सामग्रीहरूमा पनि पहुँच पाउन सक्नेछन् ।

यो नि: शुल्क सेवा प्रयोग गर्न प्रति महिना १ जीबी डेटामा सीमित हुनेछ र प्रयोगकर्तालाई माइक्रोसफ्टको अकाउन्टमा साइन इन गर्न आवश्यक छ । कम्पनीले यो फिचरको थप परीक्षण गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२