close

होटल तथा ट्राभल प्याकेज बुक गर्न मिल्ने ‘मेरोयात्रा डटकम’

टेकपाना टेकपाना

बैशाख १८, २०७९ ९:८

होटल तथा ट्राभल प्याकेज बुक गर्न मिल्ने ‘मेरोयात्रा डटकम’

काठमाडौं । होटल तथा ट्राभल प्याकेज बुक गर्न मिल्ने गरी ‘मेरोयात्रा‘ नामक अनलाइन प्लेटफर्म सञ्चालनमा आउने भएको छ । आगामी जेठ १ देखि केसी टेक प्रालिले औपचारिक रूपमा मेरोयात्रा डटकम सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

काठमाडाैं, पोखरा, बुटवल, भैरहवा, विराटनगर र नेपालञ्ज गरी देशका छ सहरमा एकैचोटी बजार विस्तार गर्न लागेको कम्पनीले दुई महिनाभित्र नेपालका सम्पूर्ण सहरका होटललाई अनलाइनबाट बुक गर्नमिल्ने बनाउन लागेको जानकारी दिएको छ ।

नेपालमा पर्यटन क्षेत्रको धेरै सम्भावना भएपनि सहज रुपम सबै जानकारी एकै ठाउँमा पाउन र ट्राभल तथा टुर प्याकेज र होटलहरु अनलाइनबाट बुक गर्न समस्या भएकाले यो अनलाइन प्लेटफर्म विकास गरिएको कम्पनीको भनाइ छ ।

‘वेबसाइटमा पेपालजस्तो अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेबाट समेत पैसा तिर्नमिल्ने भएकाले यसले गर्दा विदेशी पर्यटकलाई नेपालमा आउन सजिलो हुने र नेपालमा घट्दै गएको डलर सञ्चिती समेत बढ्ने अपेक्षा छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच कम्पनीले शनिबारदेखि होटल तथा ट्राभल एजेन्सीहरुलाई मेराेयात्राका लागि बुकिङ खुला गराएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२