close

अब भिडिओ कलबाटै बैंकको केवाईसी अपडेट गर्न सकिने

टेकपाना टेकपाना

बैशाख १८, २०७९ ९:४८

अब भिडिओ कलबाटै बैंकको केवाईसी अपडेट गर्न सकिने

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले भिडिओ केवाईसी प्रणाली सुरु गरेको छ ।

डिजिटल नेटवर्क सोलुसन प्रालिसँग भिडिओ केवाईसी प्रणाली ‘जीआईबीएल लाइभ बैंकिङ’ विकास र कार्यान्वयनका लागि भएको सम्झौतासँगै बैंकले यो सेवा कार्यान्वयनमा ल्याएको हो ।

सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक कल्याण विक्रम पाँडे र डिजिटल नेटवर्क प्रालिका प्रमुख कार्यकारी अधिकृत अरुण खत्रीले हस्ताक्षर गरे ।

अब ग्लोबल आईएमईका ग्राहकले अनलाइन भिडिओ कलमार्फत आफ्नो केवाईसी अपडेट गर्न सक्नेछन् । यो सेवाबाट ग्राहक प्रत्यक्षरुपमा लाभान्वित हुने बैंकको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२