close

स्मार्टफोन स्वचालित बनाउने उपयोगी फिचर

हरिजङ्ग थापा हरिजङ्ग थापा

बैशाख १८, २०७९ १९:३९

स्मार्टफोन स्वचालित बनाउने उपयोगी फिचर

काठमाडाैं । सामान्य अर्थमा टेलिफोन र कम्प्युटर दुवै काम गर्नसक्ने उपकरणलाई स्मार्टफोनको रुपमा बुझिन्छ । तर स्मार्टफोनको यो परिभाषा अहिले एकदमै साँघुरो भइसकेको छ ।

किनकि अहिलेका मोबाइल फोनहरु यति धेरै स्मार्ट भइसकेका छन् कि, हामीले बोलेको कुरा सहजै बुझ्छन् । हामीले नचिनेका कुरा सजिलै पत्ता लगाइदिन्छन् ।

समय र परिस्थिति अनुसार स्वचालित रुपमा काम गर्न पनि सक्छन् । सामसङका ग्यालेक्सी स्मार्टफाेन यो मामलामा अझै अघि छन् । यी स्मार्टफोनमा  हुने Bixby Routines ले मोबाइललाई स्मार्ट मात्र होइन, स्वाचालित समेत बनाउन सक्छ ।

Bixby Routines सामसङ Galaxy Phone मा भएको एउटा यस्तो फिचर हो, जसले तपाइँ कहाँ हुनुहुन्छ र के गरिरहनु भएको छ भन्ने कुरा पत्ता लगाएर स्वचालित रूपमा मोबाइलका विभिन्न फिचर र सेटिङहरू मिलाउने काम गर्छ ।

तपाईं अफिस वा घर, कहाँ हुनुहुन्छ भन्ने कुरा यसले लोकेसन वा वाईफाई नेटवर्कको आधारमा पहिचान गर्छ । जसको आधारमा अफिस पुग्ने बित्तिकै मोबाइललाई स्वचालित रुपमा भाइब्रेसन मोडमा राख्ने कि कुनै एप खोल्न लगाउने वा नोटिफिकेसनहरु बन्द गर्ने सबै कुरा यसैबाट तय गर्न सकिन्छ ।

एकपटक निश्चित गरेपछि यसले तपाईं अफिस पुगेको आफैँ थाहा पाउँछ र तपाईंले चाहेका सेटिङ मोबाइलमा स्वचालित रुपमा मिलाइदिन्छ । दैनिक दोहोरिरहने यस्ता दर्जनौं रुटिन अनुसार मोबाइललाई स्वचालित बनाउन यो फिचर एकदमै उपयोगी छ ।  जसले गर्दा मोबाइलको सेटिङ मिलाइरहनु पर्ने झन्झटबाट धेरै हदसम्म मुक्ति दिलाउँछ ।

ग्यालेक्सी फाेनमा रहेको Bixby Routines On गर्न Setting मा रहेको Advance Features मा जानुपर्छ । त्यहाँ रहेको Bixby Routines को Right Side मा यसलाई on वा off गर्ने बटन छ ।

यसलाई on गरेर Bixby Routines मा ट्याप गर्ने बित्तिक्कै Bixby को Discover Page खुल्छ । जहाँ दर्जनौं उपयोगी रुटिनहरुको ढाँचा दिइएको छ ।

उपयोगी Routine छानेर, त्यसमा आफू अनुकूल परिमार्जन गरेर हामीले आफ्नो Routine Save गर्नसक्छौं । नयाँ रुटिन थप्न Bottom Side को बीचमा Add Routine भन्ने अप्सन छ । 

त्यसमा ट्याप गर्ने बित्तिक्कै If र Then भनेर देखिन्छ। यसको अर्थ कुन अवस्थामा के हुने भनेर तय गर्नु हो ।

म अहिले Office Time को रुटिन सेट गरेर हेर्दैछु । पहिला If Option सेट गरौं । यसका लागि + icon मा ट्याप गरेपछि Manual सँगै Time, Place, Device र Event मा विभिन्न विकल्प देख्न सकिन्छ ।

Manual मा जाँदा यो रुटिन स्वचालित रुपमा Active हुँदैन, आफैँले अन गर्नु पर्नेहुन्छ। यसलाई होमस्क्रिनमा Widget को रुपमा राख्न पनि मिल्छ । तर  Bixby Routine स्वचालित रुपमा Active होस् भन्ने चाहनुहुन्छ भने रुटिन सेट गर्दा Manually बाहेकको अप्सन रोज्नुपर्ने हुन्छ ।

यो रुटिन निश्चित समयको आधारमा Active गर्ने विचारमा हुनुहुन्छ भने Specific Time मा जानुपर्ने हुन्छ। यसमा ट्याप गर्ने बित्तिकै समय र बार छनौट गर्ने विकल्प खुल्छ ।

मैले आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेपछि यो रुटिन Active होस् भनेर सेट गर्दैछु । यत्तिले मात्र खासै प्रभावकारी नहुन सक्छ । यस्तोमा उक्त समय तपाईँ कार्यालय बाहिर हुँदा समेत यो रुटिन एक्टिभ रहन्छ । त्यसैले If मा अर्को Place शर्त पनि थप्नुपर्ने हुन्छ  ।

प्लेसमा गएपछि यहाँ गुगल म्यापमा लोकेशन देखिन्छ। यसको लागि GPS Location भने अनिवार्य रूपमा On गर्नुपर्ने हुन्छ । तलपट्टी रहेको When I leave र When I arrive मध्ये मैले When I arrive छाने। किनकी म अहिले अफिस टाइमको लागि रुटिन सेट गर्दैछु ।

फोनले अझै वास्तविक तरिकाले कार्यालय रहेको स्थान पत्ता लगाउन सकोस् र Bixby Routine Active होस् भन्ने चाहनुहुन्छ भने तल देखिएको Wifi network अथवा If Segment को + Icon मा थिचेर Device Section को Wifi Network छान्न सकिन्छ । यति गरेपछि Connected र Disconnected दुई अप्सन भेट्न सकिन्छ ।

मैले कनेक्टेडलाई छानेँ । अब Add मा ट्याप गरेर अफिसको वाईफाइ छानेर Done गर्दा हुन्छ । लगभग यति गरे पछि तपाईं अफिसमा रहेको कुरा थाहा पाउन मोबाइललाई खासै गाह्रो हुँदैन ।

अब अफिसमा हुँदा फोनको सेटिङ कस्तो बनाउने Then मा गएर सेट गरेर हेरौं है त । यहाँ Then मा रहेको + Icon भित्र थुप्रै अप्सनहरु छन् । Connection भित्र जाने हो भने Network र Connection देख्न सकिन्छ । जसलाई अफिसमा  हुँदा अन गर्ने कि अफ गर्ने छान्न मिल्छ । Sound And Vibration भित्र गएर अफिसमा हुँदा फोनलाई कुन मोडमा राख्ने, नोटिफिकेसन र सिस्टम भोल्युम राख्ने कि नराख्ने भनेर सेट गर्न मिल्छ ।

Display भित्र Edge panel, dark mode, brightness, refresh rate लगायतका कुराहरु सेट गर्न सकिन्छ। यस बाहेक Lock Screen, Security, Location, Accounts and Backup, Battery, Accessibility, Bixby Voice, Music, Effects, Functionsभित्र रहेका फिचरहरु पनि हामीले Then मा थप गर्न सक्छौं ।

अफिस पुगेपछि कुनै App वा कुनै वेबसाइट आफैँ खुलोस भन्ने चाहनुहुन्छ भने Functions भित्र गएर सेट गर्न सक्नुहुन्छ। मैले यहाँ Go to website मा गएर अफिस आइपुग्ने बित्तिकै टेकपानाको वेबसाइट खुलोस् भनेर सेट गरेको छु । यसरी सबै कुरा आवश्यकता अनुसार छनौट गरी सकेपछि अब Next मा थिच्नुपर्ने हुन्छ ।

अनि यो रुटिनको नाम, Icon र कलर छान्न मिल्छ ।  यति गरेपछि हाम्रो नयाँ रुटिन My Routines भित्र जम्मा बएर बस्छन् र निर्धारित काम गर्न थाल्छन् । 

Bixby Routines ले दर्जनौं परिस्थितिमा मोबाइलले कसरी काम गर्ने भनेर सेट गर्ने सुविधा दिन्छ । जसले फोनलाई स्वचालित बनाएर हाम्रो महत्त्वपूर्ण समय बचत गरिदिन्छ ।

जस्तै, मिटिङ, काम वा पढाइमा व्यस्त रहँदा हामीले मोबाइल भाइब्रेसन वा साइलेन्ट मोडमा राखिरहेका हुन्छौं । कहिलेकाँहीँ त्यसो गर्न बिर्सिँदा मोबाइलको आवाजले तनाव दिन्छ । तर Bixby Routines ले यस किसिमको परिस्थिति आउन दिँदैन।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२