close

स्मार्टफोनको रमाइलो क्यामेरा फिचर

हरिजङ्ग थापा हरिजङ्ग थापा

बैशाख १९, २०७९ ८:४३

स्मार्टफोनको रमाइलो क्यामेरा फिचर

काठमाडाैं । सामसङ ग्यालेक्सी फोन चलाउनुहुन्छ भने क्यामेरा खोल्दा माेर अप्सनभित्र एआर जोन (AR Zone) त देख्नुभएकै होला । अनि फन माेडको मज्जा कत्तिको लिनुभएको छ ?

यी फिचरले हामीलाई थर्ड पार्टी एप बिना नै फोटो र भिडिओमा विभिन्न फिल्टर र इफेक्ट उपलब्ध गराउँछन् । साथमा क्यामेरालाई बहुउपयोगी बनाउन समेत सघाउँछन् ।

एआर अर्थात् अगुमेन्टेड रियालिटी हो, जसले भर्चुअल इमोजी, क्लोथिङ आइटम, मेकअपलगायतका कुराहरु फोटो र भिडिओमा थप्ने सुविधा दिन्छ ।

ग्यालेक्सी फोनको क्यामेरा खोलेर ‘More Option’ गएपछि ‘Bixby Vision’ को साइडमा ‘AR Zone’ देखिन्छ, जसभित्र AR Emoji Camera, AR DOODLE, AR Emoji Studio, AR Emoji Stickers र Deco Pic जस्ता मोडहरु छन् ।

AR Emoji Camera बाट हामीले आफ्नो इमोजी बनाउन सक्छौं । पहिलोपटक यो फिचर चलाउँदै हुनुहुन्छ र AR Emoji Studio वा AR Emoji Stickers मा जानुभयो भने नयाँ इमोजी क्रियट गर्ने अप्सन देखापर्छ ।

आफ्नो इमोजी बनाउन यसबाट निकै नै सजिलो छ । AR Emoji Camera मा गएर ‌+ Button थिच्नुभयो भने Find a face भनेर एउटा Circle देखिन्छ, जसबाट फोटो खिचेर वा ग्यालरीमा भएको फोटोबाट रिफ्रेन्स लिएर Emoji Create गर्न सकिन्छ ।

त्यस्तै Pre made emoji हरु पनि टन्नै छन्, जसमध्येबाट आफूलाई मनपरेको Emoji छानेर त्यसलाई कस्टमाइज गर्न पनि मिल्छ । AR Emoji Studio र AR Emoji Sticker मा पनि Emoji Create गर्ने यस्तै अप्सनहरु देखिन्छन्।

Emoji Create

यसरी आफुसँग मिल्दोजुल्दो इमोजी क्रियट गरेपछि अब हामीले  Studio मा गएर थरिथरिका पहिरनहरु फेर्न सक्छौं । यस्तै Emoji Stickers मा गएर आफ्नै इमोजी स्टिकरहरु बनाउन पनि सक्छौं ।

साथै AR emoji Camera भित्र रहेका विभिन्न मोडको प्रयोग गरेर फोटो वा भिडिओ खिच्न पनि सकिन्छ । यसैगरी AR Doodle र Deco Pic पनि फोटो र भिडिओलाई रमाइलो बनाउने फिचर हुन् ।

Deco Pic भित्र टन्नै मास्क, फ्रेम, Stamps, Gifs हरु उपलब्ध छन्, जसले तपाईंको फोटो र भिडिओलाई थप फन्नी बनाउन सघाउँछ । यस्तै रमाइलाेका लागि कतिपय ग्यालेक्सी फोनहरुमा फन मोड पनि उपलब्ध हुन्छ, जुन स्न्यापयाटसँगको सहकार्यमा सामसङले उपलब्ध गराएको फिचर हो ।

यसमा वास्तविक जस्तै देखिने स्न्यापच्याटका विभिन्न AR Lenses हरु सिधै क्यामेरामा पाउन सकिन्छ । यसको मतलब AR Lenses को मज्जा लिन Snapchat एप डाउनलोड गरिरहन पर्दैन ।

Fun Mode मा दर्जन बढी विभिन्न क्यामेरा फिचरहरु छन्, जसमा सामान्य लेन्स स‍गै ९ वटा स्न्यापयाटका लोकप्रिय लेन्सहरु पाउन सकिन्छ । जुन नियमित रुपमा अपडेट भइरहेका हुन्छन् ।

हामीले आफूलाई मन परेको फिल्टर प्रयोग गरेर फोटोसँगै भिडिओ पनि कैद गर्न सक्छौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२