close

युट्युबले ल्यायो ’सुपर थ्याङ्क’ फिचर, अब नयाँ तरिकाबाट पैसा कमाउन सकिने

टेकपाना टेकपाना

बैशाख १९, २०७९ ११:१२

युट्युबले ल्यायो ’सुपर थ्याङ्क’ फिचर, अब नयाँ तरिकाबाट पैसा कमाउन सकिने

काठमाडौं । गत वर्ष युट्युबको नयाँ फिचर ‘सुपर थ्याङ्क’ को बेटा भर्सन सार्वजनिक भएको थियो । यो फिचर मार्फत क्रियटरहरूले आफ्ना प्रशंसकहरूबाट सिधै पैसा कमाउन सक्छन् । केही सीमित प्रयोगकर्ताहरूले मात्र प्रयोग गरिरहेको यो फिचरको फूल भर्सन अन्ततः कम्पनीले ६८ ओटा देशहरूको लागि सार्वजनिक गरेको छ ।

सुपर थ्याङ्क फिचर मार्फत प्रशंसक अर्थात फ्यानहरूले आफूलाई मनपर्ने युट्युब क्रियटरलाई सिधै दुई डलर देखि ५० डलर सम्मको रकम पठाउन सक्छन् । यसले डोनेसन गरेको प्रयोगकर्ताको नाम कमेन्टमा सबैभन्दा माथि देखिन्छ ।

यसअघिसम्म सीमित युट्युव च्यानलले मात्रै सुपर थ्याङ्कको बेटा भर्सनमार्फत यसको फाइदा लिएका थिए । तर, अब भने यसबाट लाखौं युट्युब च्यानल लाभान्वित हुने जनाइएको छ ।

‘सुपर थ्याङ्क’ फिचर प्रयोगको लागि तपाईंको च्यानल मनिटाइज भएको हुनुपर्ने छ । त्यतिमात्रै नभएर सबैभन्दा महत्वपूर्ण आफू रहेको देशमा यो फिचर उपलब्ध छ वा छैन् भन्ने कुरा हो । नेपालको हकमा हालका लागि यो फिचर उपलब्ध छैन् ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२