close

रोजा किरण बासुकलाले पाइन् महिलातर्फ नेसनल आईसीटी एक्सिलेन्स अवार्ड

टेकपाना टेकपाना

बैशाख १९, २०७९ १२:४१

रोजा किरण बासुकलाले पाइन् महिलातर्फ नेसनल आईसीटी एक्सिलेन्स अवार्ड

काठमाडौं । यस वर्षको नेसनल आईसीटी एक्सिलेन्स अवार्ड (वुमन) रोजा किरण बासुकलाले पाएकी छन् ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७९ को अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा सरकारले बासुकलालाई यो अवार्डबाट सम्मान गरेकाे हाे ।

उनी नेपाल दूरूसञ्चार प्राधिकरणकी उपनिर्देशक हुन् । साथै विभिन्न सामाजिक संस्था र अभियानमा पनि क्रियाशील छिन् ।

बासुकलालाई एक लाख नगद राशि र प्रमाणपत्रसहित सम्मान गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२