close

शिवजन चौलागाईंले पाए नेसनल आईसीटी इनोभेसन अवार्ड २०७९

टेकपाना टेकपाना

बैशाख १९, २०७९ १३:८

शिवजन चौलागाईंले पाए नेसनल आईसीटी इनोभेसन अवार्ड २०७९

काठमाडौं । कृषि क्षेत्रको डिजिटलाइजेसन र आधुनिकीकरणका लागि सूचना तथा प्रविधिको प्रयोगमा विशिष्ट योगदान गरेको भन्दै सिन्धुलीका शिवजन चौलागाईलाई नेसनल आईसीटी इनोभेसन अवार्ड २०७९ प्रदान गरिएको छ ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७९ को अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चौलागाईलाई यो अवार्डबाट सम्मान गरेका हुन् ।

उनी ‘कृषि गुरू’ एपका संस्थापक हुन्, यसबाट कृषक र सरोकारलाई एकै ठाउँमा जोडिएको छ । उनको प्लेटफर्ममा हाल पाँच लाखभन्दा बढी कृषक जोडिएका छन् ।

उनलाई एक लाख नगद राशि र प्रमाणपत्रसहित सम्मान गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२