close

अन्ततः बन्द भयो एलेक्जाको वेबसाइट र्‍याङकिङ सेवा

टेकपाना टेकपाना

बैशाख १९, २०७९ १३:२०

अन्ततः बन्द भयो एलेक्जाको वेबसाइट र्‍याङकिङ सेवा

काठमाडौं । विश्वव्यापी रुपमा वेबसाइटहरूको मापन गर्ने प्लेटफर्म ‘एलेक्जा’ औपचारिक रूपमा बन्द भएको छ । आइतबार अमेजनले आफ्नो सहायक कम्पनी एलेक्जा बन्द गरेको जानकारी दिएको हो ।

एलेक्जा विगत २५ वर्षदेखि सञ्चालनमा थियो । यसले वेबसाइटमा आउने ट्राफिक डेटाका आधारमा वेबसाइटहरूको मापन गर्नेगर्छ । त्यसैका आधारमा कुन देशमा कुन वेबसाइट कति औं नम्बरमा छ, विश्वमा कति स्थानमा छ भन्ने जानकारी लिन सकिन्थ्यो ।

त्यतिमात्रै नभएर यसले कुनैपनि वेबसाइटको एसईओ, अन्य प्रतिस्पर्धी कम्पनीको वेबसाइटको एनालिटिक डेटा समेत उपलब्ध गराउँदै आएको थियो ।

तर, अब भने अमेजनले यसलाई बन्द गरेको घोषणा गरेको छ । यद्यपि ब्राउजरमा भएको एक्टेन्सनले डिसेम्बर २०२२ सम्म सेवा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।

‘हामीले एलेक्जा डटकमलाई मे १, २०२२ मा बन्द गरेका छौं । दुई दशकभन्दा बढी समयसम्म तपाईंलाई आफ्नो डिजिटल दर्शकहरू फेला पार्न, पुग्न र रूपान्तरण गर्न मद्दत गरेपछि हामीले एलेक्जा बन्द गर्ने योजना भएका छौँ । तपाईंहरूले अनुसन्धान गर्न, आफ्नो प्रतिस्पर्धी विश्लेषण, किवर्ड रिसर्च र अन्य थुप्रै कुराका लागि प्रयोग गर्नुभएकोमा धन्यवाद । एलेक्जा डटकम बन्द भएपनि तपाईंको ब्राउजर एक्सटेन्सनले डिसेम्बर २०२२ सम्म एलेक्जा ट्राफिक र्‍याङ्कहरू उपलब्ध गराएर सेवा दिइरहनेछ,‘ कम्पनीकाे सूचनामा भनिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२