close

क्रेडिट कार्डमार्फत वालेटमा लोड गरिएको रकम अब बैंक खातामा ट्रान्सफर गर्न नपाइने

टेकपाना टेकपाना

बैशाख १९, २०७९ १७:३७

क्रेडिट कार्डमार्फत वालेटमा लोड गरिएको रकम अब बैंक खातामा ट्रान्सफर गर्न नपाइने

काठमाडौं । क्रेडिट कार्डमार्फत वालेटमा लोड गरिएको रकम अब वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि मात्रै प्रयोग गर्नुपर्ने भएको छ ।

भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन, २०७८ मा संशोधन/थप गर्दै नेपाल राष्ट्र बैंकले क्रेडिट कार्डबाट वालेटमा लोड गरिएको रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था गर्न सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थालाई निर्देशन दिएको छ ।

सामान्यतया क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाउने व्यवस्था नभएपनि राष्ट्र बैंकले अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद झिक्न सकिने व्यवस्था गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२