close

विद्यार्थीलाई ४ जीबी डेटासहित एनसेलको ‘पहिलो सिम’, साथमा हरेक रिचार्जमा १ जीबी डेटा

टेकपाना टेकपाना

बैशाख १९, २०७९ १८:८

विद्यार्थीलाई ४ जीबी डेटासहित एनसेलको ‘पहिलो सिम’, साथमा हरेक रिचार्जमा १ जीबी डेटा

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ ।

यो योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्न ४ जीबी डेटाका साथै रिचार्जमा बोनस लगायतका विभिन्न फाइदा लिन सक्छन् ।

यो योजना शुक्रबार वैशाख १६ देखि सञ्चालनमा आएको हो । एसईई २०७९ को परीक्षाको प्रवेश पत्र भएका सबै विद्यार्थीले आफ्नो वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी, एक प्रति पासपोर्ट साइज फोटोसहित नजिकैको एनसेल सेन्टरबाट र डाइरेक्ट सेलिङ प्वाइन्टहरुबाट यो पहिलो सिम लिनसक्छन् ।

करसहित रु. ४८ मा लिन सकिने यो सिम कार्डमा विद्यार्थीले रु. १० को मेन ब्यालेन्ससहित सामाजिक सञ्जाल (फेसबुक, यूट्युव र टिकटक) प्रयोग गर्न ४ जीबी डेटा (हरेक हप्ता १ जीबी डेटा गरी ४ हप्तासम्म) को फाइदा लिन सक्छन् ।

यसका साथै ‘पहिलो सिम’ प्रयोग गर्ने विद्यार्थीले रिचार्जमा बोनसको पनि फाइदा लिन सक्छन् । जसअन्तर्गत विद्यार्थीले ६ महिनासम्म हरेक रु. ५० वा सोभन्दा बढीको रिचार्जमा सामाजिक सञ्जाल चलाउनका लागि १ जीबी डेटा बोनसस्वरुप प्राप्त गर्नेछन् ।

प्राप्त बोनस डेटा ७ दिनको लागि मान्य रहने कम्पनीले जनाएकाे छ । सामाजिक सञ्जालको प्रयोगको लागि निश्चित डेटा भोलुभसहित एसईई दिएका विद्यार्थीका लागि पहिलो सिम योजनालाई निरन्तरता दिन पाएकोमा कम्पनीले खुसी व्यक्त गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२