काठमाडौं । हुम्लाको सदरमुकाम सिमकोट लगायतका स्थानमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । टेलिकमको माइक्रोवेभ लिंकमा समस्या आउँदा दुई दिनदेखि सेवा अवरुद्ध भएको जनाइएको छ ।
कम्पनीका अनुसार हुम्लाका केही स्थानमा भी-स्याटमार्फट टुजी सञ्चालनमा भएपनि केही स्थानमा भने सेवा अवरुद्ध भएको छ ।
‘जहाँ माइक्रोवेभ लिंक छ, त्यस्ता स्थानमा नेटवर्क अवरुद्ध भएको छ,’ टेलिकमका प्रवक्ता शोभन अधिकारीले टेकपानासँग भने, ‘मर्मतका लागि सामान र टिम पठाइसकिएको छ । रिपिटरमा पुग्न नसक्दा केही समय लागेको हो । रिपिटरमा पुगेसँगै त्यसको मर्मत हुनेछ ।’