close

इन्टरनेट अवरुद्ध नहुने व्यवस्था मिलाउन निर्वाचन आयोगको निर्देशन

टेकपाना टेकपाना

बैशाख २०, २०७९ ११:१९

इन्टरनेट अवरुद्ध नहुने व्यवस्था मिलाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले इन्टरनेट सेवामा कुनै किसिमको अवरोध सिर्जना नगर्न सम्बन्धित मन्त्रालय तथा संस्थाहरूलाई निर्देशन दिएको छ । आयोगले इन्टरनेट निर्वाध रुपमा सञ्चालन हुने व्यवस्था गर्न सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

मन्त्रालयले नियतवश अत्यावश्यक इन्टरनेट सेवामा असर पर्ने गरि विदेशी मुद्रा सिफारिस रोकेको भन्दै इन्टरनेट सेवा प्रदायकहरुको संघठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल(आईस्पान) ले इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएका थिए ।

चुनाव नजिकिँदै गर्दा सेवा प्रदायकबाट आएको यो खालको सूचनालाई आधार बनाएर आयोगले मन्त्रालय तथा सम्बन्धित निकायलाई इन्टरनेट निर्वाध रुपमा सञ्चालन हुने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको बताएका छन् । त्यतिमात्रै नभएर इन्टरनेट अवरुद्ध भएमा निर्वाचन व्यवस्थापन समेत कठिनाइ हुने हुँदा इन्टरनेट अवरुद्ध गर्नु निर्वाचन आचारसंहिता विपरित हुने भएकाले सो जानकारी सम्बन्धित निकायलाई गराउन मन्त्रालयलाई निर्देशन भएको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२