close

भिभो स्मार्टफोनको मूल्य घट्यो

टेकपाना टेकपाना

बैशाख २०, २०७९ १२:४५

भिभो स्मार्टफोनको मूल्य घट्यो

काठमाडौं । स्मार्टफोन ब्राण्ड भिभोले ‘भिभो भी२३ई’ को मूल्य घटाएको छ । ‘भी’ सिरिज अन्तर्गतको सबैभन्दा लोकप्रिय स्मार्टफोनको रुपमा रहेको भी२३ई को मूल्य तीन हजारले घटाएको हो ।

योसँगै ८ जीबी र्‍याम र १२८ जीबी रोम रहेको भी२३ को नयाँ मूल्य ४१ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । त्यस्तै ८ जीबी र्‍याम र २५६ जीबी रोम रहेको स्मार्टफोनको मूल्य ४६ हजार ९ सय ९९ मा उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार नयाँ मूल्य आइतबारबाटै लागू भइसकेको छ । भिभो नेपालका सीईओ माइकलले भने, ‘हामी सधैं हाम्रा प्रयोगकर्ताको आवश्यकताहरू पूरा गर्न लागि परेका छौं । यो मूल्य घटेको घोषणासँगै हामी नेपालको ग्राहकहरूका लागि हाम्रो प्रतिबद्धता पूरा गर्न सक्षम हुनेछौं अपेक्षा छ ।’

गत माघमा नेपाली बजारमा भित्रिएको भी२३ ई सिरिजका फोनमा ५० मेगापिक्सेलको अटोफोकस सेल्फी क्यामेरा रहेको छ । सेल्फीका लागि क्यामेरामा अटोफोकस र एआई एक्सट्रिम नाइट पोर्ट्रेट, मल्टि स्टाइल पोर्ट्रेट लगायत विभिन्न पोर्ट्रेट मोडहरू रहेका छन् ।

फोनको पछाडिको भागमा ६४ मेगा पिक्सेलको मुख्य क्यामेरा, ८ एमपी सुपर वाइड–एंगल क्यामेरा र २ एमपी म्याक्रो गरी ट्रिपल क्यामेरा सेटअप छ ।

भी२३ई ८ जीबी र्‍याम र १२८ जीबी वा २५६ जीबी रोममा उपलब्ध छ । प्रयोगकर्ताले यसमा र्‍यामको क्षमता बढाउन १२ जीबीसम्म बनाउन सक्ने कम्पनीले जनाएको छ ।

४०५० एमएएच ब्याट्री रहेको फोनमा ४४ वाटको फ्ल्यास चार्जिङ सिस्टमा रहेको छ । ७.४१एमएम अल्ट्रा स्लिम फ्लोराइट एजी ग्लास डिजाइन रहेको यो फोन फ्ल्याट फ्रेम डिजाइन, मुनलाइट स्याडो र सनसाइन कोस्ट कलर भेरियन्टमा बजारमा उपलब्ध रहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२