close

२०० मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन ल्याउँदै मोटोरोला

टेकपाना टेकपाना

बैशाख २०, २०७९ १४:५

२०० मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन ल्याउँदै मोटोरोला

काठमाडौं । मोटोरोलाले स्न्यापड्रयागन ८ जेन १ चिपसेटयुक्त स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ, जसमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा रहने छ ।

लेनेभोका मोबाइल फोन बिजनेश विभागका जनरल म्यानेजरले सामाजिक सञ्जाल विबोमा स्मार्टफोनको स्क्रिनशट सार्वजनिक गर्दै फ्ल्यागशिप स्मार्टफोनको तयारीबारे जानकारी दिएका हुन् ।

उनले सार्वजनिक गरेको स्क्रिनशटमा कुन मोडल हो भन्ने विषय खुलाइएको छैन । तर, यसअघि बाहिरिएको जानकारी अनुसार फोनको कोड नेम ‘फ्रन्टीयर’ हुनेछ ।

यस्तोमा उक्त स्क्रिनशटले मोटोरोलाको नयाँ स्मार्टफोन सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको देखिन्छ । हालसम्म प्राप्त जानकारी अनुसार मोबाइलमा स्न्यापड्रयागन ८ जेन १ चिपसेट उपलब्ध हुनेछ ।

त्यतिमात्रै नभएर यो स्मार्टफोनमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा हुने समेत अनुमान गरिएको छ । साथै यो फोनमा १२५ वाटको फास्ट चार्जिङ प्रविधि उपलब्ध हुनेछ ।

६.६७ इन्चको फुल एचडी प्लस ओएलईडी डिस्प्ले हुने फोनमा १२ जीबी र्‍याम हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२