close

साथीमार्टको सयौं शाखा सानेपामा, अनलाइनबाट सामान मगाउन सकिने

टेकपाना टेकपाना

बैशाख २०, २०७९ १७:२४

साथीमार्टको सयौं शाखा सानेपामा, अनलाइनबाट सामान मगाउन सकिने

काठमाडौं । बौद्धमा पहिलो आउटलेट खोलेर चेन स्टोर सुरु गरेको ‘साथीमार्ट’ ले आफ्नो सयौं आउटलेट सञ्चालनमा ल्याएको छ ।

देशका विभिन्न स्थानमा आउटलेट स्थापना गर्दै आएको कम्पनीले सानेपामा सयौं आउटलेट सञ्चालनमा ल्याएको हो । कम्पनीका ब्राण्ड एम्बेस्डरसमेत रहेका कलाकार राजेश हमालले सो आउटलेट उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै हमालले साथीमार्ट इनोभेटिभ, सकारात्मक र विश्वसनीय भएको कम्पनी भएकाले आफू जोडिएको बताए ।

सानेपा खरिबोटमा सञ्चालनमा आएको सयौं आउटलेट फ्रेन्चाइज नभई कम्पनीको स्वामित्व अन्तर्गत ‘को को मोडल’ मा सुरु गरिएको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सीईओ सागर पोखरेलले बताए ।

आउटलेटमा ग्रोसरी, इलेक्ट्रोनिक, कस्मेटिक, होमकेयर, बेबीकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् ।

मार्टमा उपलब्ध सामान ग्राहकले अनलाइनमार्फत पनि खरिद गर्न सक्नेछन् । कम्पनीको वेबसाइट तथा मोबाइल एपमार्फत सामान अर्डर गर्न सकिने जनाइएको छ । त्यसरी सामान अर्डर गर्दा कुनै सर्भिस चार्ज नलाग्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२