close

एन्ड्रोइड १३ को बेटा भर्सनमा बग फेला पारे १८ करोड पाइने

टेकपाना टेकपाना

बैशाख २१, २०७९ ७:५२

एन्ड्रोइड १३ को बेटा भर्सनमा बग फेला पारे १८ करोड पाइने

काठमाडौं । गुगलले एन्ड्रोइड १३ को बेटा भर्सनमा महत्वपूर्ण कमजोरी फेला पार्ने इथिकल ह्याकरलाई १५ लाख अमेरिकी डलर अर्थात १८ करोड ३१ लाख भन्दा बढी बाउन्टी दिने घोषणाको छ ।

विशेषगरी पिक्सेल फोनमा प्रयोग भएको टाइटन एम सेक्युरिटी चिपमा कमजोरी फेला पार्नेको हकमा यो लागू हुने जनाइएको छ । एन्ड्रोइड १३ को बेटा भर्सन डेभलपरका लागि अघिल्लो सातामात्रै उपलब्ध गराइएको छ ।

एन्ड्रोइड १३ विशेषगरी सुरक्षा र गोपनीयतालाई फोकस गर्ने हुँदा त्यसमा रहेका कमजोरी फेला पार्नु महत्वपूर्ण रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो ब्लग पोष्टमार्फत यो बग बाउन्टीको बारेमा जानकारी दिएको हो । जसमा यसअघिका बग बाउन्टीको तुलनामा ५० प्रतिशत बढी बोनस उपलब्ध गराइने जनाइएको छ ।

कम्पनीका अनुसार यो बग बाउन्टी आउँदो यही मे २६ तारिखसम्म कायम हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२