close

चुनावबारे सामाजिक सञ्जालमा भ्रामक पोस्ट भेट्नुभयो ? यसरी गर्नुहोस् उजुरी

टेकपाना टेकपाना

बैशाख २१, २०७९ १३:२१

चुनावबारे सामाजिक सञ्जालमा भ्रामक पोस्ट भेट्नुभयो ? यसरी गर्नुहोस् उजुरी

काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमा आएका मिथ्या सूचनाहरूको बारेमा आयोगलाई अनलाइनमार्फत गुनासो टिपाउन आग्रह गरेको छ ।

स्थानीय निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालहरूमा विभिन्न भ्रामक समाचार तथा मिथ्या सूचनाहरू सम्प्रेषण हुन थालेपछि आयोगले अनलाइनमार्फत गुनासो टिपाउन सकिने व्यवस्था गरेको हो ।

साथै सामाजिक सञ्जालमार्फत कसैले दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति प्रस्तुत गरेमा पनि आयोगमा गुनासो टिपाउन सकिनेछ ।

यसरी सामाजिक सञ्जालमा आएका मिथ्या सूचना वा कुनै पनि चुनावी आचार संहिता विपरीतको पोस्ट आएमा सम्बन्धित पोस्टको लिंकसहित आयोगकाे याे ईमेल ठेगानामा उजुरी/गुनासाे पठाउन सकिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२