close

भोजमान्डुको फ्रेन्चाइज निःशुल्क लिन सकिने 

टेकपाना टेकपाना

बैशाख २१, २०७९ १३:५२

भोजमान्डुको फ्रेन्चाइज निःशुल्क लिन सकिने 

काठमाडौं । अनलाइन फुड डेलिभरी कम्पनी भोजमान्डुको फ्रेन्चाइज निःशुल्क लिन सकिने भएको छ । आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा भोजमान्डुले फ्रेन्चाइज निःशुल्क दिन लागेको हो ।

कम्पनीका अनुसार भोजमान्डुको फ्रेन्चाइज लिँदा सुरुको छ महिनासम्म कुनै शुल्क लाग्ने छैन । साथै फ्रेन्चाइजका लागि कम्पनीले निःशुल्क तालिम पनि दिने जनाएको छ ।

भोजमान्डुले आज आफ्नो दोस्रो वार्षिकोत्सव मनाउँदै छ । कम्पनीले हाल काठमाडौँ, भक्तपुर, ललितपुर र वीरगन्जमा आफ्नो सेवा प्रदान गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२