close

६ लाख नाघे वर्ल्डलिङ्कका ग्राहक

टेकपाना टेकपाना

बैशाख २१, २०७९ १७:१३

६ लाख नाघे वर्ल्डलिङ्कका ग्राहक

काठमाडौं । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकसेन्सका ग्राहक ६ लाख नाघेका छन् । हालै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको माघसम्मको एमआईएस रिपोर्ट अनुसार वर्ल्डलिङ्कका ग्राहक छ लाख ११ हजार २७३ पुगेका छन् ।

वर्ल्डलिंकले एक महिनामै करिब २४ हजार ग्राहक थपेको हाे । यसअघि पुस महिनासम्म वर्ल्डलिङ्कका ग्राहक पाँच लाख ८७ हजार ३६२ थिए । कम्पनीले फाइबर इन्टरनेटलाई प्राथमिकता दिँदै सेवा विस्तार गरिरहेको छ ।

यसैगरी सरकारी स्वामित्वको नेपाल टेलिकमका इन्टरनेट ग्राहक दुई लाख ९८ हजार ६२८ पुगेका छन् । तेस्रो स्थानमा रहेको सुबिसु केबल नेटका ग्राहक दुई लाख १७ हजार ४४३ रहेका छन् ।

हालसम्म नेपालमा १९ लाख ७९ हजार ३०७ घरधुरीमा फिक्स्ड इन्टरनेट सेवा विस्तार भएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२