२०७९, ५ जेष्ठ बिहिबार   |  
Thursday 19th May 2022

‘टुल नेपाल’ एपबाट घरमै बसी कक्षा ११ को प्रवेश परीक्षा तयारी गर्न सकिने

काठमाडौं । टेक्निका टेक्नोलोजिज प्रालिले कक्षा ११ को प्रवेश परीक्षाको तयारीका लागि ‘टुल नेपाल’ नामक एप सार्वजनिक गरेको छ ।

एसईई दिएर बसेका विद्यार्थीले घरमै बसी प्रवेश परीक्षाको तयारी गर्न सकुन् भन्ने उद्देश्यसहित कम्पनीले यो एप ल्याएको हो । यो एपमा विज्ञान, व्यवस्थापन, कानून, स्टाफ नर्स लगायत विभिन्न विषयको प्रवेश परीक्षाको तयारी सामग्री उपलब्ध गराइएको छ ।

एपमा १० हजारभन्दा बढी वस्तुगत बहुवैकल्पिक प्रश्नहरूको अभ्यास गरी तयारी गर्न सकिने कम्पनीको भनाइ छ । साथै प्रश्नहरूको समाधानका लागि हिन्टस्, सोलुसन र नोटहरू पनि राखिएको हुनाले विद्यार्थीहरूलाई प्रवेश परीक्षाको तयारी गर्न निकै सहज हुने बताइएको छ ।

पुराना वर्षहरूका प्रश्नहरूको संकलन, दैनिक एवं साप्ताहिक रुपमा विभिन्न अनलाइन परीक्षाको सञ्चालन, शैक्षिक सूचना तथा जानकारीसहितका साथै विभिन्न कलेजहरूको विस्तृत विवरणहरू पनि यो एपमा उपलब्ध छ ।

कलेजहरूले चाहेको खण्डमा यसै एपमार्फत पनि प्रवेश परीक्षा सञ्चालन र विभिन्न सूचना प्रकाशित गर्नसक्ने सुविधा पनि उपलब्ध छ ।

विद्यार्थीहरूले यो एपका माध्यमबाट घरमै बसेर प्रवेश परीक्षाको सम्पूर्ण तयारी गर्न सक्नेछन् । यो एप एन्ड्रोइड, आईओएस र वेब भर्सनमा उपलब्ध छ । 

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team