close

खल्तीबाट बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने

टेकपाना टेकपाना

बैशाख २१, २०७९ १८:३४

खल्तीबाट बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीबाट बैंक खातामा रकम पठाउँदा कुनै शुल्क नलाग्ने भएको छ । यो अफर साउन ८ गतेसम्मका लागू भएको कम्पनीले जनाएको छ ।

यसअघि चैतमा पनि कम्पनीले यो अफर ल्याएको थियो । खल्तीमा अकाउन्ट भेरिफाइ भएका प्रयोगकर्ताले यो सेवा प्रयोग गर्न पाउनेछन् ।

रकम भने एक पटकमा ५० हजार रुपैयाँसम्म र एक दिनमा एक लाख रुपैयाँसम्म वालेटबाट बैंक खातामा पठाउन सकिनेछ ।

यसअघि खल्तीले प्रति कारोबार १० रुपैयाँ शुल्क लिने गर्थ्यो । साथै आफ्नो साथीलाई बैंक लिंक रिफर गरेको खण्डमा प्रत्येक रिफरमा ५० रुपैयाँसम्म आफ्नो खातामा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै खल्तीमा नयाँ बैंक खाता लिंक गर्दा तुरून्त १०० रूपैयाँ प्रदान गरिने पनि कम्पनीले जनाएको छ । 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२