close

अब प्राधिकरणको बढुवा प्रक्रिया पुरानै अवस्थाबाट अघि बढ्ने, खारेज भयो रिट

टेकपाना टेकपाना

बैशाख २२, २०७९ ११:९

अब प्राधिकरणको बढुवा प्रक्रिया पुरानै अवस्थाबाट अघि बढ्ने, खारेज भयो रिट

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको बढुवा प्रक्रिया विरुद्ध परेको मुद्दाका रिट खारेज भएको छ । बुधबार पुनरावेदन अदालतले रिट खारेज गरिदिएको हो । यसअघि गत फागुन १० गते पाटन उच्च अदालतमा सुनुवाइको लागि तोकिएको यो मुद्दामा अदालतले पेशी स्थगित गरिदिएको थियो ।

त्यसैमा बुधबार पुनरावेदन अदालतमा भएको सुनुवाइमा श्यामजी प्रधान र सुदर्शन राज पाण्डेको संयुक्त इजलासले मुद्दाको रिट खारेज गर्ने निर्णय सुनाएको हो । यो सँगै करिब पाँच महिना तयारी गरेको प्राधिकरणको बढुवा प्रक्रिया पुरानै अवस्थाबाट अघि बढ्ने भएको छ ।

यसअघि प्राधिकरणले कार्यक्षमता मूल्यांकनमार्फत वरिष्ठ निर्देशक र अनुगमनतर्फ निर्देशक पदको पदपूर्तिको तयारी गरेको थियो । उक्त विषयमा गत मंसिर २८ गते प्राधिकरणका उपनिर्देशक विनोदचन्द्र श्रेष्ठलगायत ७ कर्मचारीले उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२