close

फोरके रेजोलुसन सहित सामसङको ६५ इन्च टिभी, यस्तो छ मूल्य र फिचर

हरिजङ्ग थापा हरिजङ्ग थापा

बैशाख २२, २०७९ १४:२४

फोरके रेजोलुसन सहित सामसङको ६५ इन्च टिभी, यस्तो छ मूल्य र फिचर

काठमाडाैं । ६५ इन्चको स्मार्ट टिभी । बेजललेस डिजाइन । क्रिस्टल क्लियर पिक्चर क्वालिटी । डल्बी भिजन सपाेर्टसहितको फाेरके रेजाेलुसन । अडियोका लागि पनि विभिन्न अप्सन ।

स्मार्टहोमका लागि होस् वा घरमै मिनिथिएटर बनाउन, सामसङको AU7700 Ultra HD ६५ इन्च टिभी एउटा राम्रो विकल्प हुनसक्छ । आज यही टिभीमा भएका फिचरसँगै यसको लुक्स, डिजाइन, भिडिओ र अडियो क्वालिटीबारे विस्तृत कुरा गर्नेछौं ।

कुरा सुरु गरौं लुक्स र डिजाइनबाट । यो स्मार्टटिभी Robust design method मा तयार भएको हो, जुन तुलनात्मक रुपमा बलियो हुन्छ । त्यसैले टिभीका बिल्ड क्वालिटी गुणस्तरीय नै देखिन्छ ।

यसका साथै पछाडिपट्टि तारहरु व्यवस्थित गरेर राख्ने ठाउँ पनि दिइएको छ, जसले गर्दा टिभीमा इन्टरनेट केबल जोड्दा होस् वा पावर केवल दिँदा नै किन नहोस् टिभी पछाडि तार ‘अनम्यानेज्ड’ हुन दिँदैन ।

सिधा अगाडिबाट हेर्ने हो भने टिभी साँच्चै आकर्षक देखिन्छ । Top सँगै Left र Right Side बेजललेस जस्तै देखिन्छ । Bottom Side को बेजल्स पनि खासै नोटिस नहुने खालको छ, जसले गर्दा टिभी साँच्चिकै स्मार्ट देखिन्छ ।

सँगसँगै फुल स्क्रिनमा भिडिओ हेर्दा Viewing Experience एकदमै राम्रो रहन्छ । तर साइडबाट हेर्ने हो भने चाहिँ यो टिभी तुलनात्मक रुपमा अलि मोटो देखिन्छ ।

dimensions को कुरा गर्नुपर्दा यो स्ट्यान्डबिना करिब डेढ मिटर चौडा, ९० सेन्टिमिटर अग्लो र ६ सेन्टिमिटर गहिरो छ । तौलको हिसाबले यो टिभी लगभग २० किलोको छ । हेर्दा जति ठूलो छ, त्यसको आधारमा यो तौललाई धेरै भन्न मिल्दैन । लम्बाइ र चौडाइ धेरै भएकाले यसलाई यता उता सार्नुपर्दा दुईजना मान्छे‍ भने चाहिन्छ ।

Accessories मा यो टिभीसँगै रिमोट, रिमोटको लागि ब्याट्री, युजर म्यानुअल, पावर केवल र एक जाेडि स्ट्याण्ड पनि आउँछ । अब कुरा गरिहालौं रिमोटको बारेमा ।

मलाई यो टिभीको रिमोट एकदमै स्टाइलिस लाग्यो । थोरै बटन भए पनि यसबाट टिभी अपरेट गर्न गाह्रो लागेन । ब्लुटुथबाट चल्ने भएकाले रिमोटलाई टिभीतिर प्वाइन्ट गरिरहनु पर्दैन ।

रिमोटमा माइक अगाडिपट्टी नै छ ।  Voice Search को लागि यो टिभीमा Multiple Options छन् । Default मा भने Bixby ले काम गर्छ, जसले इन्टरनेट नहुँदा पनि कतिपय सेटिङहरु Voice Control बाटै चलाउन सकिन्छ ।

टिभी कन्ट्रोल गर्न एपहरु खोल्न खासै रिमोटको बटन थिचिरहनु पर्दैन, बोलेर नै हामीले धेरै कुरा गर्न सक्छौं । नेटफ्लिक्स र प्राइम भिडिओका लागि पनि रिमोटमा डेडिकेटेड बटन दिइएको छ ।

त्यस्तै वेब ब्राउजिङको लागि पनि छुट्टै key छ, जसले विभिन्न वेबसाइट भिजिट गर्न सजिलो बनाउँछ । स्मार्ट टिभीहरुमा वेब ब्राउजिङ गर्न अलि गाह्रै हुन्छ ।

तर सामसङले त्यसलाई प्राथमिकता दिएको जस्तो लाग्यो । रिमोटमा भएको www key मा थिचेर सिधै हामी वेब ब्राउजरमा पुग्छौं र चाहेको वेबसाइट भिजिट गर्न सक्छौं ।

यो टिभीको साथमा Slim Feet स्ट्याण्ड आउँछ । यति ठूलो टिभी प्लास्टिकको स्ट्याण्डले धान्छ त भन्ने पनि लाग्न सक्छ । टिभीको Build Quality सँग अलि म्याच नभएजस्तो पनि लाग्नसक्छ । तर त्यसमा खासै चिन्ता लिइरहनु पर्दैन । स्ट्याण्डलाई टिभीमा फीट गर्न एकदमै सजिलो छ । कुनै स्क्रुहरु लगाइरहनु पर्दैन ।

अर्को राम्रो पक्ष भनेको यो टिभीले Mini Wall Mount अथवा Vesa Wall Mount मजासँग सपोर्ट गर्छ, जसले गर्दा भित्तामा TV Mount गरेर राख्न सकिन्छ । यद्यपि Wall Mount भने टिभीसँग आउँदैन, तपाईंले छुट्टै किन्नुपर्छ ।

पोर्ट र कनेक्टिभीटीको कुरा गर्दा टिभीको पछाडिपट्टि Type A-USB, e-ARC सपोर्ट सहित तीनवटा HDMI पोर्ट, RF Antenna, Audio output र एउटा Ethernet को लागि (LAN) पोर्ट रहेको छ ।

यो टिभी Tizen अपरेटिङ सिस्टममा आधारित छ, जुन Samsung र Intel ले विकास गरेको अपरेटिङ सिस्टम हो । Android को तुलनामा Tizen अलि फास्ट हुन्छ ।

User Interface मलाई एकदमै सजिलो लाग्यो । रिमोटको होम बटनमा थिचेर Setting मा जाने बित्तिकै वाई-फाई कनेक्ट गर्नेदेखि पिक्चर मोड, साउन्ड मोड, गेम मोडहरु सहजै सेट गर्न सकिन्छ ।

पिक्चर मोडमा Dynamic, Standard, Natural, Movie र Film Maker गरी पाँचवटा options छन् । साउन्ड मोडमा Standard, Adaptive र Amplify गरी तीनवटा मोड उपलब्ध छ, जसले एउटै टिभीबाट तीन प्रकारको Sound मा मुभी वा कन्टेन्ट हेर्न सकिन्छ । Standard मोडमा साउण्ड नर्मल सुनिन्छ ।

अलिकति high bass music सुन्नको लागि Adaptive Sound ठीक हुनसक्छ। कुनै action movie, high beat music enjoy गर्ने हो भने Amplify मोड टिभी बजाउन सकिन्छ ।

छुट्टै साउन्ड बार बिना नै मिनी थिएटरको अनुभव दिन यो मोडले राम्रै सहयोग गर्न सक्छ । त्यसैले यो टिभीको साउन्ड मोड चै मलाई एकदम best लाग्यो ।

यो टिभी गेमिङ पारखीहरूका लागि पनि best option हुनसक्छ । यो टिभीमा गेमिङका लागि छुट्टै मोड दिइएको छ । Motion Xcelerator भएकाले टिभीमा गेम खेल्दा ल्याग हुन दिँदैन । यस्तै Gaming Mode मा Aspect Ratio 16:9 हुनु अर्को फाइदाको कुरा हो ।

Source मा जाने हो भने यसमा विभिन्न अप्सन देखिन्छ । पिसी वा मोबाइलको स्क्रिन शेयर गर्न PC on TV भन्ने फिचर यो टिभीमा उपलब्ध छ, जसमार्फत एउटै नेटवर्कमा भएका पीसी वा ल्यापटपको स्क्रिन शेयर गर्न सकिन्छ । विशेषगरी कुनै Presentation हरु देखाउनु परेको खण्डमा यो उपयोगी हुनसक्छ ।

यसका लागि टिभी र पीसीमा एउटै सामसङ अकाउन्ट हुनुपर्छ । यस्तै ग्यालेक्सी फोनको स्क्रिन शेयर गर्न पनि Multiple Option यो टिभीमा उपलब्ध छ ।

एप्समा गएर हामीले टिभीमा नयाँ एप्लिकेसनहरु इन्स्टल गर्न सक्छौं । अन्य OS हेरी यसमा भएका एप अलि कम लाग्नसक्छ । जति छन्, त्यसबाट हामी भरपुर मजा लिन सक्छौं । होमको साइडमा लस्करै Live TV, Netflix, Amazon, YouTube जस्ता धेरै प्रयोग हुने एपहरु देखिन्छ ।

यसको डिस्प्लेको कुरा गर्ने हो भने यो टिभीमा 60 hz को रिफ्रेस रेटसहित Ultra HD अर्थात 4K Resolution छ । त्यसमाथि टिभीले HDR10 र HDR10+ सपोर्ट गर्छ । यसले पिक्चर क्वालिटीलाई गुणस्तरीय बनाउन सघाएको छ । अझै यत्तिको टिभीमा Dolby Vision पनि भइदिएको भए झनै राम्रो हुन्थ्यो ।

यद्यपी यो टिभीमा भएको Pur Color ले दृश्यको रंगलाई वास्तविकजस्तै देखाउन मद्धत गर्छ । जसले गर्दा टिभीको पिक्चर क्वालिटीमा खोट लगाउने ठाउँमा दिँदैन ।

टिभीमा 4K Crystal processor छ । जसले 4K resolution का कन्टेन्टहरु सजिलै Run गर्छ । कलर र डिटेलिङ पनि भनेजस्तै दिन यो प्रोसेसरलाई खासै समस्या हुँदैन । त्यसैले यसको Performance चित्तो बुझ्दो छ ।

अब कुरा गरौं, यो टिभीको मूल्यको बारेमा, सामसङले नयाँ वर्षको अवसरमा यो टिभीको मूल्य घटाएको छ । ६५ इन्चको यो टिभीको मूल्य एक लाख ८१ हजार ९९० रुपैयाँ तोकिएको छ । यसअघि यो टिभीको मूल्य दुई लाख नाै हजार थियो ।

यो टिभी ५५ र ४३  इन्चमा पनि आउँछ, जसको मूल्य क्रमशः एक लाख ३८ हजार ९९० र एक लाख एक हजार ९९० रुपैयाँ छ । टिभी किनेपछि एक वर्षसम्म पुरै प्रडक्टको वारेन्टी पाइन्छ भने थप एक वर्ष प्यानलको वारेन्टीसमेत सामसङका तर्फबाट पाउनुहुन्छ ।

फिचर र क्वालिटीको हिसाबले टिभी एकदमै अब्बल छ। १६ वर्षदेखि सामसङ Global Number 1 टिभीको रुपमा चिनिँदै आएको छ। त्यसैले ब्राण्डको रेपुटेसनको लागि पनि सामसङको टिभी क्वालिटीमा विशेष ध्यान दिएको देखिन्छ ।

यो टिभीको पनि भिजुअल क्वालिटी गज्जबकै छ । साउण्ड, पिक्चरसँगै गेमिङ मोड पनि भएकाले सबैलाई समेट्न खोजेको छ । बजेट अलि महंगो भएपनि टिभीले घरको शोभा त बढाउँछ नै, साथमा यो टिभी किनेकोमा गुणस्तरको हिसाबले तपाईंलाई पछुतो नहुनसक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२