२०७९, ५ जेष्ठ बिहिबार   |  
Thursday 19th May 2022

गिटहब सम्बन्धी नेपालमै पहिलो पटक राष्ट्रियस्तरको कार्यक्रम हुँदै, यसरी बन्नुहोस् सहभागी

काठमाडौं । गिटहबले नेपालमा पहिलो पटक राष्ट्रियस्तरको छलफल कार्यक्रम गर्ने भएको छ । ‘गिटहब फिल्ड डे नेपाल’ नामक कार्यक्रममा विद्यार्थी तथा प्राविधि समुदायका सदस्यबीच अन्तर्क्रिया हुने बताइएकाे छ ।

कार्यक्रममा सहभागीले प्रविधिका विभिन्न विषय वा एजेन्डा छानेर त्यसबारे छलफल गर्न सक्नेछन् ।

सहभागीले कार्यक्रममा एकअर्काका विचार आदान-प्रदान गर्ने गिटहब फिल्ड डे नेपालकी कम्युनिकेसन एन्ड आउटरिच लिड युनिका बज्राचार्यले बताइन् ।

यसमा नेपालभरका विद्यार्थी र प्राविधि समुदायका व्यक्ति निःशुल्क सहभागी हुन पाउनेछन् । सो कार्यक्रममा सहभागी हुन कुनै किसिमको बायोडाटा आवश्यक नपर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै काठमाडौं बाहिरका सहभागीलाई कम्पनीले आवश्यक परेको खण्डमा यातायात तथा बस्ने व्यवस्था मिलाउने बताएको छ ।

यस कार्यक्रममा सहभागी हुन यस लिंकमा गई दर्ता गर्न सकिनेछ ।

असार १२ गते ग्राण्ड नर्लिङ होटल्स रिसोर्ट काठमाडौंमा हुने कार्यक्रमलाई गिटहब एजुकेसन, गिटहब क्याम्पस विज्ञ र प्राविधिक विद्यार्थी समूहले सञ्चालन गर्नेछन् ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team