close

वेबसाइट डेभलपमेन्टदेखि डिजिटल मार्केटिङसम्म निःशुल्क अनलाइन तालिम हुँदै

टेकपाना टेकपाना

बैशाख २२, २०७९ १९:२३

वेबसाइट डेभलपमेन्टदेखि डिजिटल मार्केटिङसम्म निःशुल्क अनलाइन तालिम हुँदै

काठमाडौं । सूचना प्रविधिसम्बन्धी विभिन्न सात विषयमा निःशुल्क अनलाइन तालिम हुने भएको छ । राष्ट्रिय आईसीटी दिवसको अवसरमा जडिबुटी, नरेफाटस्थित तान्भिटेकले निःशुल्क तालिम सञ्चालन गर्न लागेको हो ।

तालिम यही वैशाख २४ गते अर्थात आउँदो शनिबारदेखि सुरु हुनेछ । हरेक शनिबार बेलुकी आयोजना हुने तालिम असार ४ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।

‘तान्भिटेक फ्री वेबिनार’ नाम दिएको तालिममा डोमेन नेम, वेब होस्टिङ, वेब डेभलपमेन्ट, आईटी र आईसीटी शिक्षा, सिस्को ट्रयाक, ग्लोबल सर्टिफिकेसन, डिजिटल मार्केटिङ र साइबर सेक्युरिटी विषयमा तालिम प्रदान गरिने बताइएको छ ।

इच्छुकले यहाँ क्लिक गरी नाम टिपाउन सक्नेछन् ।   

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२