close

वनप्लसको ‘नोर्ड सीई टु लाइट’ फाइभजी स्मार्टफोन नेपाली बजारमा, कति होला मूल्य ?

टेकपाना टेकपाना

बैशाख २२, २०७९ २१:५८

वनप्लसको ‘नोर्ड सीई टु लाइट’ फाइभजी स्मार्टफोन नेपाली बजारमा, कति होला मूल्य ?

काठमाडौं । नेपाली बजारमा वनप्लस नोर्ड सीई टु लाइट फाइभजी स्मार्टफोन सार्वजनिक भएको छ । यो फोनमा १२० हर्ज रिफ्रेसरेट सहित ६.५९ ईन्चको आईपीएस एलसीडी डिस्प्ले उपलब्ध छ ।

स्न्यापड्रागन ६९५ चिपसेट रहेको फोन अक्सिजन ओएस १२.१ मा आधारित एन्ड्रोइड १२ मा चल्छ । नेपालमा यो फोन ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ ।

फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, २/२ मेगापिक्सेलको म्याक्रो क्यामेरा र डेप्थ सेन्सर रहेका छन् । सेल्फी पारखीका लागि १६ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।

त्यस्तै कम्पनीले ३३ वाट सुपरभोक फास्ट चार्जिङ सहित ५००० एमएएचको ब्याट्री दिएकाे छ । नेपाली बजारमा यो फोनको मूल्य ३९ हजार ९९९ रूपैयाँ निर्धारण गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२