close

कार्बन उत्सर्जन कम गरेको भन्दै सामसङले पायो अन्तर्राष्ट्रिय प्रमाणपत्र

टेकपाना टेकपाना

बैशाख २३, २०७९ ८:५१

कार्बन उत्सर्जन कम गरेको भन्दै सामसङले पायो अन्तर्राष्ट्रिय प्रमाणपत्र

काठमाडौं । टेलिभिजनको विश्व बजारलाई विगत १६ वर्षदेखि नेतृत्व गर्दै आएको सामसङले ‘रिड्युसिङ सीओ२’ अर्थात कार्बन उत्सर्जन कम गरेकाे भन्दै अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेकाे छ ।

विश्व जलवायुको विषयमा परामर्शदाता संस्था तथा कार्बनको उत्सर्जन कम गराउन विभिन्न काम गर्दै आएको संस्था ‘कार्बन ट्रस्ट’ ले सामसङलाई उक्त प्रमाणपत्र दिएको हो ।

सामसङले हालै बजारमा ल्याएका नियो क्यूएलईडी टिभीले यो प्रमाणपत्र हासिल गरेको कम्पनीले जनाएको छ ।

‘यो प्रमाणपत्रसँगै कम्पनी हरेक वर्ष कार्बन उत्सर्जनलाई कम गर्दै जान सफल भएको देखाउँछ,’ सामसङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यतिमात्रै नभएर यसले सामसङका उत्पादन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ग्रिन ग्यासमा आधारित भइरहेका छन् ।’

यो वर्ष कम्पनीले २०२२ लाइनअप अन्तर्गत ११ मोडलका टिभी सार्वजनिक गरेको छ, जसमा तीनवटा नियो क्यूएलईडी एटके मोडल छन् । त्यस्तै तीनवटा नियो क्यूएलईडी फोरके मोडल र दुईवटा क्यूएलईडी रहेका छन् । दुईवटा भने लाइफस्टाइल टिभी र एउटा क्रिस्टल यूएचडी टिभी मोडल छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२