२०७९, ५ जेष्ठ बिहिबार   |  
Thursday 19th May 2022

एसईई दिएर बसेका विद्यार्थीलाई साइबर अपराधमा नफस्न प्रहरी उपरीक्षक मैनालीको आग्रह 

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेश राज मैनालीले एसईई दिएर बसेका विद्यार्थीहरूलाई साइबर अपराधका कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन् । आफ्नो फेसबुकमा सन्देश मूलक स्टाटस पोस्ट गर्दै उनले विद्यार्थीहरूलाई साइबर अपराधबाट बच्न र आफू पनि संलग्न नहुन अनुरोध गरेका हुन् ।

उनले आफ्नो पोस्ट मार्फत सामाजिक सञ्जाल, फेसबुक, ट्वीटर, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएप लगायतका पेज र वेबसाइटहरू प्रयोग गर्दा समेत ध्यान पुर्‍याउनु आग्रह गरेका छन् ।

साथै आफ्ना साथीहरूलाई सामाजिक सञ्जालमा छेडखानी ‘साइबर बुलिङ’ गर्ने, हैरानी गर्ने, अरुको गोपनीयता भङ्ग गर्ने, सोसल साइट ह्याक गर्ने, अनधिकृत तवरले अरुको वेब साइटलाई ह्याक गर्ने, बिभिन्न प्रकारका अनलाइन गेममा संलग्न भई आफू र आफन्तजनको समयलाई नष्ट गर्ने, धन सम्पत्तिको बर्वादी गर्ने जस्ता कार्यबाट पनि टाढै रहन अनुरोध गरेका छन् ।

यदि यस्ता साइबर अपराधको कसूरमा परेमा पाँच वर्षसम्म कैद र दुई लाखसम्म जरिवाना हुने प्रावधान रहेकोले आफू जोगाई अरुलाई जोगाउनु नै बुद्धिमतापूर्ण हुने उनले बताएका छन् । ‘जसरी अलि-अलि पौडन सिकेको पौडीबाजले सावधानीपूर्वक मात्रै नदी र समुन्द्रमा पौडनु उचित हुन्छ, त्यसरी नै तपाईंहरुले सामाजिक सञ्जाल आदिको प्रयोग गर्दा समेत हरहमेसा सावधानीपूर्वक समाजको बृहत्तर हितमा गर्नु हुनेछ,’ उनले लेखेका छन् ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team