close

ओप्पो ए७६ स्मार्टफोन किन्दा ओप्पो फिट ब्याण्ड र इयरबड्समा छुट

टेकपाना टेकपाना

बैशाख २३, २०७९ १३:३९

ओप्पो ए७६ स्मार्टफोन किन्दा ओप्पो फिट ब्याण्ड र इयरबड्समा छुट

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले मे महिनालाई लक्षित गर्दै नयाँ अफर सञ्चालनमा ल्याएको छ । कम्पनीले केही समय अघिमात्रै नेपाली बजारमा ए-सिरिज अन्तर्गत ओप्पो ए७६ उपलब्ध गराएको थियो ।

६.५६ इन्चको पन्च–होल डिस्प्ले रहेको फोनमा ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्पलिङ रेट रहेको छ । फोनमा ३३ वाट सुपरभोक चार्जिङ सिस्टम सहित ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ ।

विभिन्न फिचर युक्त यो फोन मे महिनामा खरिद गर्दा ग्राहकले अफरमा सहभागी हुन पाउने भएका छन् । कम्पनीका अनुसार यो फोनको बजार मूल्य २९ हजार ९ हजार ९० रुपैयाँ रहेको छ ।

२९ हजार ९ हजार ९० रुपैयाँमा मे महिनाभित्र फोन खरिद गर्दा ग्राहकले ओप्पो फिट ब्याण्ड, ओप्पो डब्लू३१ इयरबड्स र ओप्पो डब्लू५१ इयरबड्समा दुई हजार रुपैयाँ छुट पाउने उल्लेख छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२