close

चुनाव आचार संहिता विपरित सामाजिक सञ्जाल दुरुपयोग नगर्न साइबर ब्युरोको अनुरोध

टेकपाना टेकपाना

बैशाख २३, २०७९ १५:२७

चुनाव आचार संहिता विपरित सामाजिक सञ्जाल दुरुपयोग नगर्न साइबर ब्युरोको अनुरोध

काठमाडौं । स्थानीय चुनाव नजिकिँदै गर्दा सामाजिक सञ्जालको दुरुपयोग बढेपछि साइबर ब्युरोले सामाजिक सञ्जालमा चुनाव आचार संहिता विपरित गतिविधि नगर्न अनुरोध गरेको छ ।

एक सूचना जारी गर्दै ब्युरोले निर्वाचन आचारसंहिता विपरित सामाजिक सञ्जालमा चुनावी माहोल बिगार्ने उद्देश्यले कुनै पनि सामग्री पोस्ट गर्न नपाउने बताएको छ ।

‘चुनावी माहौल बिगार्ने उद्देश्यले भ्रामक, दुष्प्रचार देखि चरित्रहत्या हुने गरी अडियो र भिडियो, लिखित अभिव्यक्तिलाई दुराशय मनसायबाट गलत अर्थ लाग्ने गरी इडिट गरी सामाजिक सञ्जाल तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री पोष्ट नगर्नु हुन अनुरोध गर्दछौं,’ सूचनामा उल्लेख गरिएको छ ।

साथै सामाजिक सञ्जालमा सार्वजनिक, नैतिकता, शिष्टाचार विरुद्धका सामग्री पोष्ट गर्ने, शेयर गर्ने, प्रकाशन गर्ने लगायतका गतिविधि नगर्न पनि सूचनामा उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२