close

इन्स्टाग्राममा सेन्डरले थाहा नपाउने गरी यसरी पढ्नुहोस् म्यासेज

टेकपाना टेकपाना

बैशाख २३, २०७९ १९:२२

इन्स्टाग्राममा सेन्डरले थाहा नपाउने गरी यसरी पढ्नुहोस् म्यासेज

काठमाडौं । आजभोलि मानिसहरू फोनमा भन्दा बढी म्यासेजमा कुरा गर्न ​​​​​​​रुचाउँछन् । कहिले कहिँ त फोन र म्यासेज दुवैमा कुरा गर्न मन पनि लाग्दैन । तर, म्यासेज आएको हेरेपछि रिप्लाई दिनुपर्ने बाध्यता आइपर्छ ।

किन भने तपाईंले म्यासेज हेरेपछि म्यासेज हेरेको जानकारी सेन्डरले प्राप्त गर्छ । त्यो हुँदा म्यासेज हेरेर पनि रिप्लाई नदिएको भनी सेन्डर रिसाउने सक्छ । कतिपय अवस्थामा त तपाईंलाई सताउने मनसायका साथमा पनि अनावश्यक म्यासेज आएका हुन्छन् ।

यस्तो समयमा सेन्डरले के म्यासेज पठायो होला भनी आफूले हेरेर तर सेन्डरलाई थाहै नदिई रिप्लाई दिने वा नदिने भन्ने निर्णय लिन सक्ने विकल्प इन्स्टाग्राममा उपलब्ध छ । तर, यो विकल्प अनावश्यक रुपमा आउने म्यासेजलाई नियन्त्रण गर्नका लागि मात्रै उपयुक्त हुनेछ ।

त्यस्ता अनावश्यक रुपमा आउने म्यासेज सेन्डरले थाहा नपाउने गरि कसरी पढ्ने भन्ने विषयमा यहाँ हामी जानकारी दिँदैछाैं । यसको लागि सबै भन्दा सजिलो तरिका भनेको त्यस्ता व्यक्तिलाई इन्स्टाग्राममा प्रतिबन्धित (Restrict) गर्नु नै हो ।

त्यसका लागि सुरुमा तपाईंको इन्स्टाग्राम अकाउन्ट खोल्नुहोस्।

अब फलोअर्स लिस्टमा गएर उक्त व्यक्तिको प्रोफाइलमा जानुहोस्।

प्रोफाइल खुलेसँगै दायाँ साइडमा रहेको तीन ओटा डट आइकनमा थिच्नुहोस्।

त्यसपछि Restrict अप्सनमा क्लिक गर्नुहोस् ।

अब कन्फरमेसनको लागि नयाँ विन्डोज खुल्नेछ । त्यसमा Restrict Account थिच्नुहोस्।  

त्यसपछि तपाईंलाई उक्त व्यक्तिले पठाएको म्यासेज रिक्वेस्टमा गएर हेर्न सक्नुहुन्छ।

यसरी तपाईंको इन्स्टाग्राममा आउने अनावश्यक म्यासेजलाई प्रतिबन्धित गर्न सक्नुहुन्छ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२