close

एप्पल पारखीका लागि यो वर्ष के-के आउँदैछन् ?

टेकपाना टेकपाना

बैशाख २४, २०७९ ८:५५

एप्पल पारखीका लागि यो वर्ष के-के आउँदैछन् ?

काठमाडौं । एप्पलकाे लञ्च इभेन्ट आउन अझै केही महिना बाँकी छ । तर सञ्चारमाध्यममा के के उत्पादन सार्वजनिक हुनेछ भन्ने विषयमा विभिन्न अफवाह फैलिसकेका हुन्छन् ।

आज हामी पहिले सार्वजनिक भएका कुन-कुन उत्पादनमा के कस्ता परिवर्तन हुनसक्छन् वा नयाँ उत्पादन के आउनसक्छन् भन्ने विषयमा चर्चा गर्दैछाैं ।

म्याकबुक एयर

सन् २०१० बाट नै म्याकबुक एयरमा परिवर्तन हुँदै आएको छ । हरेक वर्ष हुने एप्पल इभेन्टमा म्याकबुक एयरमा केही न केही परिवर्तन देख्न पाइन्छ । यसपटक भने म्याकबुक एयर आईम्याकको जस्तो डिजाइनमा देख्न सकिन्छ ।

यसको अर्थ म्याकबुक एयर नयाँ आकर्षक कलर, अफ-ह्वाइट बेजल्स र यसमा २४-ईन्च आईम्याक जस्तो ह्वाइट किबोर्ड हुनसक्ने अनुमान गरिएको छ ।

एप्पलको सेकेन्ड जेनेरेसन एम २ चिपसहित आउनसक्ने म्याकबुक एयरमा ८-कोर सीपीयू र ९ वा १०-कोर जीपीयू हुनसक्ने हल्ला छ ।

म्याक प्रो

म्याक प्रो अब आउने उत्पादनमध्येको सबैभन्दा रोमाञ्चक उत्पादन हुनसक्छ, किनभने यसमा एप्पल सिलिकन चिप प्रयोग गर्ने बताइएको छ ।

म्याक स्टुडियोमा प्रयोग भएको सिलिकन चिपले यो कति आकर्षक छ भन्ने कुरा देखाइसकेको छ । म्याक प्रो यस्तो चिपसेटद्वारा सञ्चालित हुने अपेक्षा गरिएको छ, जसमा ४०-कोरको सीपीयू र १२८-कोरको जीपीयू भएको होस् ।

आईफोन १४ प्रो म्याक्स

आईफोन १४ मोडेलका हरेक फोन आईफोन १३ को तुलनामा केही अपग्रेड भएको देखिनेछ । तर, आईफोन १४ प्रो म्याक्समा भने अन्य मोडेलजस्तो नच हुनेछैन । यसमा क्यामेरा र स्पिकरको भाग मात्र समेटिएको पिल सेपको नच हुनेछ ।

आईफोन १४ को कुरा गर्दा क्यामेरा त शीर्ष स्थानमा आउने नै भयो । यसमा आईफोन १३ को क्यामेराको तुलनामा केही सुधार भएर आउनेछ ।

यसमा एटके रेजोलुसनको भिडिओ रेकर्डिङ सिस्टम हुनेछ, जुन आईफोनका मोडेलमा पहिलो पटक आउँदैछ । त्यस्तै यसमा फास्टर ए१६ चिप हुनेछ, जुन आईफोन १४ र आईफोन १४ प्रो मा नहुन सक्छ ।

एयरपोड प्रो

एयरपोड प्रो २०२२ पहिलेकोभन्दा परिमार्जित भएर आउनसक्छ । नयाँ डिजाइनमा एरपोड प्रो ल्याउन लागेको एप्पलले राउन्ड र कम्प्याक्ट सेपमा परीक्षण गरिरहेको छ ।

नयाँ एयरपोड प्रोले एप्पलको लसलेस अडिओ सपोर्ट गर्ने बताइएको छ । त्यस्तै एयरपोड प्रोमा ‘फाइन्ड माई’ फिचर सुधार भएर आउनेछ, जसले गर्दा एयरपोड हराएको बेला आवाज बजाउन सकिनेछ ।

एप्पल वाच सिरिज ८

एप्पल वाच सरिज ८ सार्वजनिक हुनु झनै उत्साहपूर्ण छ, किनभने यो वर्ष नयाँ मोडेल आउँदैछ । बाहिर आएका जानकारी अनुसार एप्पल वाच सिरिज ८ का लागि एप्पल त्यसलाई टिकाउ बनाउनतर्फ अग्रसर छ । जसले गर्दा खेलाडी, पर्वतारोहीलाई बिग्रने आ फुट्ने डर कम हुन्छ ।

त्यस्तै एप्पलले एप्पल वाच सिरिज ८ मा शरीरको तापक्रम सेन्सर र कार दुर्घटना पत्ता लगाउने फिचरमा पनि काम गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२