close

रूसमा गुगलको अर्को प्रतिबन्ध, अब सशुल्क एप अपडेट तथा डाउनलोड गर्न नपाइने

टेकपाना टेकपाना

बैशाख २४, २०७९ १३:१८

रूसमा गुगलको अर्को प्रतिबन्ध, अब सशुल्क एप अपडेट तथा डाउनलोड गर्न नपाइने

काठमाडौं । गुगलले रुसका प्रयोगकर्तालाई प्ले स्टोरमा सशुल्क एप अपडेट तथा डाउनलोड गर्नबाट प्रतिबन्ध लगाएको छ । गत मार्च महिनामा गुगलले रुसमा एन्ड्रोइड एप र सब्स्क्रिप्सन लगायतका सेवामा प्रतिबन्ध लगाएको थियो ।

अब भने गुगलले रूसमा प्ले स्टोरमा उपलब्ध सशुल्क एपहरूको डाउनलोड र अपडेट पनि प्रतिबन्ध गरेको छ । यद्यपि नि: शुल्क एपमा भने कुनै परिवर्तन नहुने गुगलले जनाएको छ ।

गुगलका अनुसार रुसी प्रयोगकर्ताले निःशुल्क एप उपलब्ध गराउन, डाउनलोड गर्न र अपडेट गर्न भने सक्नेछन् ।

मार्च १० मा गुगल प्लेको बिलिङ अथवा भुक्तानी प्रक्रिया रुसले युक्रेनमाथि आक्रमण गरेको कारण रोकिएको थियो । यसले नयाँ एप खरिद, सब्सक्रिप्सन भुक्तानी र ईन-एप खरिदलगायतका गतिविधिलाई असर गरेको छ ।

गुगलले डेभलपरहरूलाई एक वर्षसम्मका लागि भुक्तानी नवीकरण स्थगित गर्न पनि सुझाएको छ । साथै यो समयमा निःशुल्क एप बनाएर सेवा दिन पनि गुगलले डेभलपरहरूलाई आग्रह गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२