close

टेलिकमको निर्वाचन अफर : ९८ रूपैयाँमा ६ जीबी डेटा, अरु के-के छन् प्याक ?

टेकपाना टेकपाना

बैशाख २४, २०७९ १४:१९

टेलिकमको निर्वाचन अफर : ९८ रूपैयाँमा ६ जीबी डेटा, अरु के-के छन् प्याक ?

काठमाडौं । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनलाई लक्षित गर्दै नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा ‘निर्वाचन अफर’ ल्याएको छ ।

रु. ९८ मा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डेटा अफर प्रयोग गर्न सकिने गरी कम्पनीले याे अफर उपलब्ध गराउने भएको हो ।

यो अफर वैशाख २५ देखि जेठ ४ गतेसम्म उपलब्ध हुनेछ ।

यसअन्तर्गत तीन दिनसम्म सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक रु. ९८ मा उपलब्ध हुनेछ ।

त्यस्तै तीन दिनसम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएस सहितको ३०० एसएमएस प्याक पनि रु. ९८ मा उपलब्ध हुनेछ ।

त्यसैगरी तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक पनि रु. ९८ मा खरिद गर्न सकिने कम्पनीले जनाएकाे छ ।

*1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२